हुकुम प्रमाङ्गी अझै बाँकी रहेपछि

•• कुमार

दुनियाँलाई गणतन्त्र मनाउने चटारो छ
शासकलाई अपराधी छुटाउने हतारो छ
विचौलियालाई धन कमाउने रहर छ
गाउँहरू सबै छोडिए कर्तुतको केन्द्र शहर छ ।

ओ रत्नपार्क, आजकल तिमीलाई कस्तो छ ?
आन्दोलनहरू हुनै छाड्यो क्यारे
आजकल भाउ घटे जस्तो छ
षडयन्त्र बुन्न वालुवाटार छ
वैधानिकता दिन बानेश्वर छ !

रत्नपार्क ! तिमीलाई देखेर शासकहरू डराउँछन
उज्यालो खोज्नेहरू सम्झेरै रमाउँछन
तिमीसङ्ग भेट गर्न मन लागेको छ
भ्रष्टाचारको जालो देखेर घृणा जागेको छ ।

कानून त निमुखाहरूले पालन गर्ने चीज रहेछ
निर्धा माथि प्रहार गर्ने हतियार भएछ
खोई श्रीमान ! कलमले के जित्थ्यो
आखिर तरवारकै जीत भएछ ।

श्रीपेच नलगाएरै के भो र ?
राजाहरूको शासन बाँकी भएपछि
एउटा हटेर के भो र ?
सयौँ राजाहरू पाल्नु परेपछि !

पशुपतिनाथले थामेको देशमा
बाँकी के रहृयो उनैलाई अन्याय गरेपछि
कहाँ गयो तिम्रो समाजवाद उन्मुख तन्त्र
हुकुम प्रमाङगी अझै बाँकी रहेपछि !

२०८०/०२/१८

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित