मुक्तक

– राम बसु

अपराध निरापराध केहो अब चिन्ह गाह्रै हुन्छ
कानुनी राज्य किन भन्नु न्याय पाउने आश मारे हुन्छ ।
करोडौँ करोडौँ खर्चेर न्यायलय किन बनाउने राख्ने
रामाशाह पथको सर्वोच्च अदालत शित्तल निवास सारे हुन्छ ।

अदालतले प्रमाण पुर्‍याएर जन्म कैदको सजाय तोक्यो
सरकारले वेप्रमाण कैयौँलाई रिहा गरी अदालतको माथ टेक्यो
लोकतान्त्रिक गणतन्त्रमा विधिको शासन हजुर
दुनियाले यस्तो रमिता देख्यो ।

अघि भन्थे न्याय नपाए गोरखा जानु
गोरखाकै अधिकारी अनशनमा मरे देश दुनिया चानुमानु
संविधानमा तेत्रा अनुसुचि र धारा किन चाहिए
न पानी आउनु न पानी खानु ।

यो गोरखा होइन काठमान्डौ यहाँ कतै न्याय छर
भूकम्पले भत्काई दियो न्याय दिने हरू बस्ने घर
अब त ढुङ्गा का भर माटो माटोको भर ढुङ्गा
चाहे सडकमा मर चाहे दरबारमा मर ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित