जनघात

•• करन दयाल

नेपाली जनताको विश्वसाघात भयो
जसमाथि विश्वास गर्‍यो त्यै परायो भयो
यो इतिहासमै हेर्‍र्याैँ भने तुरुन्तै पाइने भो
यो मेरो देशमा षडयन्त्र नै भएको पाइयो

सदियौँदेखि जनतालाई आश्वासन मात्र दियो
राणापन्चेकाल सबै कालले दु:ख मात्र दियो
गरिब गरिखाने जनताको लागि कालै थियो
तानाशाह शोषण दमन सबै प्रवृत्तिहरू थियो

गरिखानेलाई चुसिखानेहरूको बोलवाला थियो
तबदेखि लिएर राप्रपा काङ्ग्रेससम्म यही थियो
त्यसपछि कम्युनिस्ट आयो जनताले आस गर्‍यो
त्यो जनताको आसलाई झन निरासा पारिदियो

जनताले देशको निम्ति जिउज्यान दिएका छन्
देशलाई सभ्य र भव्य बनाउनु लागि परेका छन्
जनयुद्ध राजा विरोधी आन्दोलन सबै लडेका हुन
कठिन परिस्थितिमा जनताले बलिदानी दिएका छन्

नेताहरूले झुटा कुराको सहरा दिएर जनताको ढाड सेके
जनताको नामबाट कमाई खाने भाँडो मात्र बनाएको देखे
पन्चेकालदेखि आजका कम्युनिस्टसम्म त्यही चलादेखे
मेरो देशले कहिले काँचुली फेर्ने होला म सपना मै रहिरहे

कठिन परिस्थिति सित लड्दा लड्दै जनता सहिद भए
सहादत भएकाहरू सहादत हुनु खुसि हैन देशको लागि भए
देशको नागरिकलाई स्वतन्त्र बनाउनुका निमित्त सहादत भए
तर पनि अबुझहरूले गरेको उपलब्धिलाई झन ओझेलमा पारे

आधुनिक अवस्थामा आइपुग्दा पनि जनसुरक्षा भएको छैन
देश र देशको जनता लुटिएको छ देशको विकास भएको छैन
स्वतन्त्र स्वाभिमान हो हाम्रो देश नेपाल गर्जेर भन्न सकिएको छैन
किन भने केही कपुतहरूले विदेशीको आसगर्‍योे देशमाथि हैन

बोल्नेको जिब्रो काटिने जमानदेखि अहिलेसम्म जनता लुटेकैछ
हेर्नेको आँखा फुटाल्ने जमाना देखि जनतालाई लुटिदिएकै छ
देश भ्रष्टाचारको भुमरीमा चुर्लम्म डुबिरहेको अवस्था देखिदै छ
देशमा ठुला भनौदाहरूले नै देश जनतालाई लुटिरहेको छ

त्यसैले नेपाली जनतालाई विस्वासघात भयो मैले भनेको छु
मैले मेरो बचपनदेखि यो ५५ सम्मको अनुभवले नियालेको छु
अरू पुरानाकुराहरू बुढापाकाहरूबाट अनुभव गरेको छु
केही देशभक्तहरूले देशको लागि गरेको किताब पढेको छु
त्यही अनुभव अनुभूति गरेर जनतामाथि जनघात देखेको छु

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित