सकस नायक
उठ सारा देशभक्त देश बचाउन
नेपाल र नेपालीको मुहार हसाउन
नागरीकताको व्यापार गर्दैछन
नेताहरू देशै बेची पेट भर्दैछन
नेताहरू शुद्ध हुन कानून फेर्दैछन
प्रचार गर्न झोलेहरू तयार पार्दैछन ।
नेपालको संसद के राष्ट्रवादी थियो ?
राष्ट्रघातमा संसदले किन मत दियो
भाषणमा अझै पनि भन्छन राष्ट्रवादी
काम जति मिलिजुली गरे राष्ट्रघाती ।
एमसिसीमा संसदले ग्यो राष्ट्रघात
नागरीकतामा मिलिजुली भयो बज्रपात
देशभक्त, राष्ट्रवादी अब चिन्नु पर्छ
छद्मभेषीहरूको घाटी छिन्नु पर्छ ।
२०८०/०३/०६
Comments

