तमाशा छ के हो

टङ्कराज ढकाल तितेपाती
छन्द– उग्रवासन्ती
गण म र त त गु गु यति मा

भ्रष्टाचारी बनेका छौ इरादा छ के हो
नाफाफोरी असुल्दै छौ जथाभावि के हो
आलाकाँचा बटुल्दैछौ कुराकाम के हो
मानो आधा भरेकाछौ तमाशा छ के हो।१

डाँडाडाँडा घुमेका छौ सुरापान के हो
काखापाखा गरेकाछौ तथानाम के हो
लाखापाखा छरेकाछौ दया भाव के हो
पाथी आधा भरेकाछौ तमाशा छ के हो।२

निर्धा मान्छे दुखेकाछन् नियाँ छैन के हो
चोरी खाने बसेकाछन् दलाली त के हो
टोले झोले फटाहाको मुहाली छ के हो
गाँडा गर्चा मिलेकाछन् गला जुट्छ के हो।३

हात्ती गैंडा निलेकाछन् खुराफात के हो
कालापानी बलात्कारी लुटेको छ के हो
कालो मैलो चमत्कारी जुटेको छ के हो
आमा बेच्ने दुराचारी तमाशा छ के हो।४

सत्ताधारी भयौ नामी कलो खान के हो
लोभी पापी हरामी छौ घमासान के हो
वाचामा धुन्धुकारी हौ उधारो छ के हो
पाथी पाथी डकारेछौ तमाशा छ के हो।५

आमा मास्ने छ धन्दा जो महाजाल के हो
भाषा मास्यौ धरा बेच्यौ अहोरात्र के हो
पैसा पैसा धरालोले कता लान्छ के हो
मुर्दा जस्तै अहÍारी तमाशा छ के हो।६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित