सन्जु सन्दास परियार
कुनै बेला हाम्रो समाज मातृसत्तामक थियो
महिलामा पनि समाज चलाउने खुबी थियो ।
पुरुष मात्र होईन सर्वत्र सहभागी छन् महिलाहरू
दुवै रथका दुई पाङग्रा हुन मिली गरौँ समाधानहरू ।
दिनप्रतिदिन महिला हिंसा अनगिन्ति भइराछ
दिनरात समाजमा असमानता मौलाईराछ ।
घरेलु हिंसा,सामाजिक हिंसा,बेचबिखन अन्त्य होस्
महिला हिंसा गर्नेलाई तत्काल कारबाही होस् ।
महिलाले पनि सक्छन् यहाँ सत्ता चलाउन
महिलाले पनि सक्छन् हेर देश हल्लाउन ।
सत्ता प्रमुखमा यहाँ पुरुषको मात्र हानथाप छ
सत्ताको नेतृत्व महिलाले नि पाउनु पर्छ ।
हरेक क्षेत्रमा बराबर होस् महिलाका पहुँचहरू
हट्नु पर्छ महिला रोक्ने अनेक खाले बहानाहरू ।
भाषणमा मात्र सीमित नहोस् महिलाका मुद्दाहरू
समय मै जागौँ सबै महिला हक जमाउन ।
Comments

