– गणेश वि.क.
गरिब पनि दलित पनि दुइटै मारमा छ दलित
छुवाछूत जस्तो घृणित प्रथामा छ दलित
पशुतुल्य जीवन बिताई रहेको छ दलित
छुवाछूतको भुमरीमा छट्पटिएको छ दलित ।
दलित वर्ग माथिका समस्या समाधान भएन ।
दलित मुक्ति नामको जनयुद्वले केही काम गरेन ।
दलितका जति नि आन्दोलन भए असरै परेन ।
दलितको लागि कुनैपनि सरकारको ध्यान गएन ।
कानुनमा दलित वर्गको लागि राम्रै प्रशंसा लेखे छ ।
त्यो प्रसंसा सिर्फ प्रशंसा मै सीमित राखिएको छ ।
दलित माथि हुने अन्याय अत्याचार तीव्र गतिमा छ ।
कानुन किताबमा लेखिएको मात्र देखिने गरेको छ ।
दलित माथि हुने विभेदपूर्ण व्यवहार अन्त गर
दलितहरूले पाउने आरक्षण व्यवस्था सुरक्षित गर
दलितहरूका अधिकार सम्मानपूर्वक सुरक्षित गर
दलितका समस्या जिउँकातिउँ छन अलि ध्यान गर ।
मन्दिरमा चाहिने जति सर समान दलितले बनाउने
बनाई सकेपछि त्यो ठाउमा दलित जान नपाउने
दलितले बनाएकै मन्दिर मा पछि जान र छुन नहुने
अचानक मन्दिरमा गइहाले पनि कारवाही हुनुपर्ने
दलित समस्या समाधानको दिशा खोजिएको छैनन्
देशका मुख्य कलाकार दलित हुन तर सुरक्षित छैनन्
दलित माथि अन्याय गरेको हुन्छ समाधान भने होइनन्
मानव भएर पसुतुल्य जीवन बाच्न यो मुर्खता होइनन् ।
दलित समस्या समाधान गर्न सरकारको जिम्मेवारी हो ।
कानुनमा लेखिएको छदैछ त्यसलाई लागु गर्नुपर्ने हो ।
छुवाछूत गर्ने व्यक्ति माथि तुरुन्तै एक्शन लिनुपर्ने हो ।
नियम कानुनको प्रकृया अनुसार कारवाही गर्न पर्ने हो ।
सरकारले पनि दलितहरूको हिस्सा मिचेको देखिन्छ ।
नियम ऐनले दिएको सहुलियतलाई मिचेको देखिन्छ ।
समानुपातिकका सांसद सिटमा फरक गरेको देखिन्छ ।
सदन देखि सरकार सम्म यिनको सेटिË भएको हुन्छ ।
नियम ऐनमा दृढ समानुपातिक सांसद दलितका थिए ।
ती सिटहरू दलित वर्गको लागि भन्ने थियो खै कता गए ।
दलितहरूको लागि छुट्टिएका सिटहरू कुन जातिले खाए ।
दलितको हिस्सा मिचेर खानेहरू के देशको लागि थिए ।
दलितलाई नाश मास गरेर उनिहरूको हिस्सा खान्छन ।
दलितलाई फुकुवा कुराहरू गरेर अस्वाशन मात्रदिन्छन ।
कानुनमा जतिलेखे पनि यी ठुलाबडाहरू कहाँ मान्छन ।
कानुन ठुलाबडाहरूको गोजामा हुन्छ मन मर्जि हुन्छन् ।
त्यसैले दलितहरू ओझेलमा परिरहेको देखा पर्दछ ।
सरकारकोअनावश्यक निर्णयले दलित मारमा पर्दछ ।
दलितकोटाका समानुपातिक सांसद उपल्लाले लिनेगर्दछ ।
दलितलाई अस्वासन मात्र मिल्छ त्यसैमा मान्न पर्दछ ।
सम्पुर्ण दलितहरू जातिय भेदभाव विरूद्वको सघर्ष गरौँ ।
जातिय व्यवस्थापन गर्न दलितहरूको एकतामा जोड गरौँ ।
हामी दलितहरूको अधिकार मागेर होइन छ सर्घष गरौँ ।
देशमा समता मुलक समाजको खाँचो छ सबै लागि परौ ।

