गजल

केशव गाहा ‘पाल्पाली’ ••

राजनीतिलाई जब ब्यापार बनाउँछन्
नीति र सिद्धान्त सब बेकार बनाउँछन्

ईमान भुलेर सत्ता र कुर्चीको लागि
दुश्मन सङ्ग अनैतिक करार बनाउँछन्

देशमा रोजगार छैन र त युवाहरूले
आˆनो गन्तव्य दुबई कतार बनाउँछन्

नैतिकता हराएका दलाल नेताहरूले
यो देशलाई झन झन बिमार बनाउँछन्

एम सी सी भित्र्याएका छन्, हेर्दै जानु
भोली देश जलाएर अङ्गार बनाउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित