सत्तालाई प्रश्न

– मेघराज भट्टराई
वाइडबडी जहाजह्को भ्रष्टाचार किन ?
राज्यसत्तामा बसेकालाई कमिशन दिन ।

सुन काण्ड कता सेलायो कोहि बोल्दैन ।
प्रहरी प्रशासन सुनलाई चाँदी बनाउछ हैन ।

मेलम्चीको कथा सुनौ २८ वर्ष पुरा भयो ।
खरबौ सकियो पानीको अत्तोपत्तो छैन ।

अपर कर्णाली भारतीय कम्पनीलाई किन ?
डगमगाएकहे सत्तालाई वैशाखी लगाउन ।

औषधिमा भ्रष्टाचार कस्तो नियत महामारीमा ?
जग्गा दलाललाई चोखो निष्कलङ्क देखाऊँन ।

सिण्डिकेट के भयो प्रधानमन्त्री ज्यु केही भन्नु न ?
सीमा विवाद कहाँ गयो हुलाकी मार्ग बनेन ।

पानी जहाज कहा चलाउने हो काका भन्दिनु
हाम्रो देशको महेन्द्र राजमार्ग अझै किन बनेन ?

सरकारी कालो सूचीमा परेका भट्ट दाजु भाइ
आज लगानी बोर्डको अध्यक्ष बनायौ है किन ?

कम्युनिस्टको नाममा भोट पायौँ सपना देखायौँ
साम्राज्यवादी दलाल पुँजीवादको वकालत किन ?

बेरोजगारी बढ्यो रोजगारी गुम्यो प्रदेशिएकाको
बन्द भएका उद्योग कसले रोक्यो यहाँ खोल्न ?

सत्ताको लागि कुकुर र बिरालो जस्तो गर्ने सधै
श्रमजीवि जनताको लागि सकेनाँै योजना बनाउन ।

भारतले सीमा मिच्यो दादागिरी गर्दैछ एसएसबीले
जनतालाई शास्ती दिएर अझै सीमाना कटाउन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित