एनसेलको शेयर बिक्री प्रकरण

एनसेल नेपालको निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी हो । यो कम्पनी सन् २००४ सालमा मेरो मोबाईलको नामबाट सेवा शूरु गरेको कम्पनी हो । यो कम्पनीले नेपालमा दूरसंचारको क्षेत्रमा लगानी गर्दै आएको छ । पहिले यो कम्पनी मेरो मोबाईलको नाममा र पछि एनसेलको नाममा र फेरि पछि एनसेल एजियटा कम्पनीको नाम सेवा संचालन गर्दै आएको थियो । अहिले कम्पनीको सेयर बिक्री भएको कुरा आफनो विज्ञप्तिमार्फत एनसेल कम्पनीले जनाएको छ ।
सेयर बिक्री गर्दा सरकारलाई कुनै जानकारी नदिएको, सेयर बिक्री गर्दा सरकारी कुनै नियमनकारी निकायहरू, नेपाल विद्युत प्राधिकरण, उद्योग तथा लगानी प्रर्वद्धन वोर्ड, उद्योग विभाग कम्पनी रजिस्ट्रारको कार्यालय, लगानी वोर्ड लाई जानकारी नभएको भन्ने बारेमा संसदको सार्वजनिक लेखा समितिले समेत प्रश्न उठाएको छ । यो कसरी सम्भव भयो ?
शेयर बिक्री पनि पहिले आफूले बिक्री गरेको भन्दा कयौँ गुना बढी सस्तोमा बिक्री गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिकले यसको शेयर खरिद गरेका छन् । शेयर किन्नेवाला कम्पनी बेलायतमा दर्ता भएको स्पेट्रलाईट युके नामक कम्पनी रहेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेयर बिक्री गर्दा किन्नेवाला कम्पनीसँङ्ग साटासाट गरिएको छ । बिक्री गर्दा नेपाली निकायलाई सोधिएको छैन । प्रतिस्पर्धा गर्न दिइएको छैन । नेपाली लगानीकर्ताहरूलाई पनि अवसर दिईएको छैन । किन्ने वाला कम्पनीले पनि किनेको देखाइ सरकारलाई सोधीखोजी छैन । जबकि शेयर खरिद बिक्री गर्दा सरकारलाई नियमनकारी निकायलाई जानकारी दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

अहिले शेयर बिक्री गरेको अजियाटा कम्पनीले लिँदा पनि यसै गरिएकोे थियो । यसरी नै विदेशमा नै बिक्री गरिएको थियो । बिक्री भएको कुरा पनि गोप्य नै राखिएको थियो । शेयर बिक्री २७ सेप्टेम्बरमा नै भएको रहेछ । निर्णयलाई गोप्य नै राखेर शेयर बिक्री भएको पछि मात्र सार्वजनिक गरिएको छ ।

नेपालका सत्तामा रहेका शासकहरूले जहिलेपनि विदेशी लगानीको कुरा गरिरहन्छन् । लगानी कर्ताहरूलाई सकेसम्म नेपालमा लगानी गर्नको लागि अनुरोध गर्दै हिँड्छन् । सरकारमा जाने बित्तिकै लगानी कर्ताको खोजीमा हिँड्दछन् । नेपालमा आउ, लगानी लगाउ, नाफा कमाएर जाउ । सरकारले आह्वान गरे अनुसार विदेशीहरू लगानी गर्न आएका छैनन् । आएकाले पनि राम्रोसङ्ग राज्यलाई कर नतिर्ने, राजस्व छली गर्ने गर्दछन् । एनसेलले पहिले पनि ५४ अरब राजस्व तिरेको थिएन । यसरी करछली गर्ने दूरदराजका जनताको पसिनालाई प्रयोग गर्ने जस्ता काम लगानी कर्ताहरूले गरिरहँदा सरकारले यसको दह्रो छानविन गरी कानुनी कारबाही गर्न सकिरहेको छैन ।

कमाउन मात्र छुट दिने गरेको अवस्था छ । अब यस्तो हुनु हँदैन । यस्तो भएमा देशको रकम बाहिरिने मात्र हुन्छ । विदेशी लगानी कर्ताले नेपाललाई तिर्नुपर्ने लाभकर, बिक्री कर जस्ता करमा छलकपट गरिरहन्छन् ।

अहिलेको एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा यही भएको छ । कुनै पनि सरकारी नीति नियमको पालना गरिएको छैन सरकारलाई सोधिएको छैन । बिक्री गर्दा तिर्नुपर्ने करको कुनै हिसाब किताब छैन । सरकारले यो अवस्था रहन दिनु हुँदन । कुनैपनि विदेशी कम्पनी, विदेशमै किनबेच भएपनि यहाँको कर प्रणाली सँग जोडिनु पर्दछ । आफूखुशी बिक्री गर्न पाइँदैन । अहिले एनसेल १३० अर्ब बराबरको पूँजी रहेको कम्पनीलाई जम्मा ५अर्बमा बिक्री गरिएको छ । यसबाट सरकारलाई सिधै छली भएको छ ।

अरु कम्पनीहरूले पनि यस्तो नजीर रहन दिनुहुँदैन । नियमन गर्नु पर्दछ । अहिले सार्वजनिक लेखा समितिले सम्बन्धित निकायहरूलाई जानकारी वा स्पष्टपार्नको लागि प्रश्न सोधेको छ । यो निकै सकरात्मक छ । प्रश्न सोधेर मात्र हुँदैन । त्यसको समाधान पनि जोड दिनु पर्दछ । करको दायरामा ल्याउन कानुनी, नीतिगत सबैतिरबाट दबाब दिनु पर्दछ ।

शेयर खरिद बिक्री गर्दा राज्यलाई कति घाटा लागेको छ त्यो पूर्ति गर्ने वातावरण बनाउनु पर्दछ । सेयर सकेसम्म सरकारले नै किन्नु पर्दछ । सरकारले आफ्नो स्वामित्वमा ल्याई एनसेललाई राष्ट्रियकरण गर्नु पर्दछ । नेपालको रकम नेपालमै रहने वातावरण बनाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित