संसदमा सत्तापक्ष र प्रतिपक्षकावीचमा भनाभन

काठमाण्डौ, ११ फागुन  । संसदमा सत्तापक्ष र प्रतिपक्षका बीचमा भनाभनको स्थिति सिर्जना भएको छ । सत्तापक्षले प्रतिपक्षलाई विधेयक असफल बनाउन ,संसदमा गणपूरक संख्या नपु¥याउन प्रतिपक्षका सांसदहरु संसद छोडेर गएको भन्ने आरोप लगाएपछि प्रतिपक्षले तत्कालै उठेर विरोध जनाएको थियो । त्यसपछि प्रतिपक्षले आफ्नो भनाई राख्दै सत्तापक्षले प्रतिपक्षमाथि नभएको आरोप लगाएको भन्दै विरोध जनाएको थियो ।

सत्तापक्ष तथा प्रतिपक्षका बीचमा भनाभनको स्थिति सिर्जना भएपछि केही समयकोलागि संसदको बैठक स्थगित हुन पुगेको छ । संसदको हिउँदे अधिवेशन चलिरहेको छ यस अवधिमा सरकारले संसदलाई काममुखी बनाउने कुरा गरेको थियो तर सत्तापक्ष र प्रतिपक्षको भनाभनका कारण संसद बैठक स्थगित हुन पुग्नुले संसदमा दर्ताको प्रक्रियामा रहेको तमाम विधेयकहरु समयमा प्रश्तुत हुने र पारित हुनेमा आशंका देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित