मिटर व्याज पीडितप्रति नेकपा (मशाल)को ऐक्यबद्धता

काठमाण्डौ, १३ फागुन । नेकपा (मशाल) ले मेची महाकालीबाट न्यायको लागि न्याय मार्च गर्दै काठमाण्डौ आएको मिटरव्याज पीडितहरु प्रति ऐक्यबद्धता प्रकट गरेको छ । २०८० फागुन १२ गते नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपाली र पार्टीका अन्य नेता कार्यकर्ता सहितको टोली मिटरव्याज पीडितहरु रहेको स्थान भृकुटी मण्डपमा पुगेर पीडितहरुको आन्दोलनलाई ऐक्यबद्धता प्रकट गरेका थिए ।

ऐक्यबद्धता प्रकटको शिलशिलामा पीडितहरुहरुको नेतृत्व गरेका नेताहरुसँग परिचय कार्यक्रम गर्नुका साथ ैपार्टीको तर्फबाट पीडितहरुका साहु महाजनले गरेको उत्पीडन र शोषणको जानकारी पनि लिने काम भएको थियो । मिटरव्याज पीडितहरुले आफ्ना धारणाहरु राख्ने क्रममा पटक पटक आफूहरुले आन्दोलन गरेपनि वास्तविक पीडितले न्याय पाउन नसकेको बताएका छन् ।

पीडितहरुले भने–साहु महाजनको पक्षमा नै सरकार रहेको, सरकारले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको, साहु महाजनहरुको साथमा प्रहरी, न्यायलय रहेको छ तर आफूूहरुलाई न्यायलयले पनि अन्याय गरेको छ । मिटरव्याजका कारण कति पीडितको घरबास समेत गुमेको छ, अहिले पनि पीडितहरु लुकेर यो आन्दोलनमा आएका छन्, महिलाहरुलाई साहु महाजनले शारीरिक तथा मानसिक शोषण गरेका छन् । देशमा करिब ७० हजारको संख्यामा पीडितहरु रहेको, सरकारबाट गठित समिति र बनाएका कानुनहरुले समस्या समाधान गर्न नसकेकोले र आफूहरु न्यायको निमित्त न्यायमार्चमा आएको भन्ने धारणा समेत राखेका थिए ।

पीडितहरुको धारणा सुनीसकेपछि नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले आफ्नो पार्टी संधै गरिब दुःखीहरुको पक्षमा रहेको, मिटरव्याजको नाममा भएको ठगीको विरोधमा आफ्नो पार्टी सदैव रहेको र आफ्नो पार्टीले लेख, वक्तव्यमार्फत सरकारलाई पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिने समते बताए । यो व्यवस्था शोषणमूलक व्यवस्था भएकाले पीडितले न्याय पाउन निकै कठिन छ भन्दै सरकारले साहु महाजनको नै पक्षमा काम गर्ने भएकाले पटक पटक आन्दोलन गर्नु परेको उल्लेख गरे ।

महासचिव नेपालीले मिटरव्याज पीडितहरुको मार्चले समाजमा व्याप्त रहेको शोषण उत्पीडनको उजागर गर्न मद्दत गर्नुका साथै देशको अर्थव्यवस्थाको बारेमा समेत सबैलाई जानकारी गराउन मद्दत गरेको भन्ने धारणा राखे । उनले मार्चमा सहभागीहरुलाई योद्धाको संज्ञा दिँदै ‘आन्दोलनलाई रोक्नु भएन, समस्या पर्छ झुक्नु भएन’ तपाईहरु धेरै साहसी हुनुहुन्छ सत्ता गरिबमुखी छैन, दलाल संसदीय व्यवस्था देशमा रहेको छ । यो व्यवस्था शोषणमा टिकेको छ । यो व्यवस्थामा बैंक वित्तीय संस्थाहरु सबैले गरिबलाई शोषण गरेको छ त्यसकारण यो व्यवस्थाको विरोधमा लाग्नु पर्दछ तपाईहरुले खुट्टा नकाउनुहोला भन्दै आन्दोलनमा पार्टीको साथ सदैव रहने छ भन्ने धारणा राखेका थिए ।

मिटरव्याज पीडितहरु माघ १६ गते बाट पूर्वको झापादेखि र पश्चिमको कञ्चनपुरको महेन्द्रनगरदेखि पैदल मार्च गर्दै २५ औं दिनको दिन काठमाण्डौ आईपुगेका छन् र न्यायको लागि संघर्ष गरिरहेका छन् । भोक, प्यास , घाम ,पानी ,तातो, चिसो ,थकाई दुःख समस्या केही भनेर मार्चमा लागिरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित