सिमरा, बारा । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल प्रथम मधेस प्रदेश भेला २०८० फागुन १९ गते बारा जिल्लाको सिमरामा भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेकपा अध्यक्ष तथा मोर्चाका सदस्य लोक नारायण सुवेदीले गरेका थिए । स्वागत नेकपा (मशाल) का केन्द्रीय सदस्य कर्ण थापा र सन्चालन चिन्तामणि पौडेल र सभापतित्व लक्षमण उप्रेतीले गरेका थिए ।
भेला सफलताको शुभकामना मन्तव्य राख्नु हुनेहरुमा ईश्वरराज ढुंगेल, शंकर चौरासिया, राजन शाह, रामहरि धिताल, महेश थपलिया, रामदुलार महतो, नवराज उप्रेती, चन्द्र देव राम र हरि सापकोटा रहेका थिए । शुभकामना मन्तव्यको क्रममा वक्ताहरुले यो मोर्चालाई किसान मजदुरको बीचमा यो पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
भेलामा सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा, र पर्सा जिल्लाको उपस्थिति रहेको थियो । भेलाले ईश्वर राज ढुंगेलको सम्योजकत्वमा १७ सदस्यीय मधेस प्रदेश समितिको निर्वाचित गरेको छ ।
निर्वाचित अन्य सदस्यहरुमा नन्दन अर्याल, कर्ण थापा, राम दुलार महत्व, राजन शाह, प्रमोद शाह, खगेश्वर शर्मा, रामहरी धिताल, महेश राजउपाध्याय, राधेश्याम शाह, पदम मोक्तान, शंकर चौरसिया, रामप्रसाद चौधरी, अमरदेव पासवान र ठाकुर खपाङ्गी रहेका छन् । भेलापछि बसेको बैठकले ५ सदस्सीय सचिवालय पनि गठन गरेको छ , जसमा संयोजक ईश्वरराज ढुङगेल र सदस्यहरुमा कर्ण थापा, रामदुलार महतो, राजन शाह र प्रमोद शाह रहेका छन् ।

