राजनीतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताबारे अन्तरक्रिया

काठमाडौ । नेकपा (मशाल) बागमती प्रदेश ब्युरोको आयोजनामा २०८० फागुन २६ गते एक अन्तरक्रिया कार्यक्रम बागबजार स्थित होटल हार्दिकमा सम्पन्न भएकोछ । “वर्तमान राजनीतिक व्यबस्था र राष्ट्रिय स्वाधीनता“ बिषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ( मशाल) का महासचिव सन्तबहादुर नेपालीले आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत आधार पत्र माथि धर्मेन्द्र बास्तोला ’कन्चन’, (क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल ) का केन्द्रीय प्रबक्ता ,चिरन सी (बिप्लबद्वारा नेतृत्व गरिएको नेकपा) का पोलिटब्युरो सदस्य, लोकनारायण सुवेदी, ( नेकपा) का अध्यक्ष आर.बी. भन्डारी ( ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेकपा) का उपाध्यक्ष ,अच्युत ज्ञवाली (नेकपा मार्क्सवादी – पुष्पलाल) का अध्यक्ष , राजु नेपाली ( नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य ),लेखक रतन भन्डारीले विचार राख्नु भएकोथियो ।

कार्यक्रममा नेकपा ( मशाल) का प्रवक्ता रामबहादुर बुढा , अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य टेकहरी न्यौपाने, राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका केन्द्रीय सदस्य पुष्कर गौतम ,राजनीतिज्ञ गुणनीधि भुसाल, वरिष्ठ अधिबक्ता तेज प्रसाद कँडेल, मार्क्सवादी एकता मन्चका डा. शम्भु कट्टेल लगायतलाई कार्यक्रममा अतिथि आसन ग्रहण गराइएकोथियो। फ्लोअरबाट प्रकाशचन्द्र नेपाली र होमकाजी श्रेष्ठले पनि आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता चिन्तामणी पौडेल , संचालन नारायण शर्मा र स्वागत मनु बिकले गर्नु भएकोथियो ।
स्वागत गीत रक्तिमका महासचिव उदय रिजालले प्रस्तुत गर्नु भएकोथियो । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित