ने. क.पा. (मशाल)को प्रथम राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी रशक्तिहरुबीच एकताको नीति पारित

काठमाडौं । ने.क.पा. (मशाल) को प्रथम राष्ट्रिय भेला २०८१ वैशाख ७ र ८ गते रुपन्देहीमा सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी कम्युनिष्ट पार्टी र शक्तिहरुबीच एकता र ध्रुवीकरणको नीति पारित पार्टीका महासचिव सन्तबहादुर नेपालीले २०८० वैशाख ११ गते जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भेलाको उद्घाटन समारोह, बन्दशत्र, प्रस्तुत र पारित प्रतिवेदनहरु र समापनको बारेमा जानकारी गराईएको छ । भेलामा महासचिव सन्तबहादुर नेपालीको तत्कालीन राजनैतिक प्रतिवेदन, केन्द्रीय समितिको तर्फबाट पार्टी एकता सम्बन्धी प्रश्ताव, प्रवक्ता रामबहादुर बुढाद्वारा समसामयिक राजनैतिक प्रस्ताव पेश भएको र व्यापक छलफलपछि आएका सुझावहरुलाई समेटने गरी पारित भएको उल्लेख छ । प्रश्तुत छ महासचिव नेपालीद्वारा जारी प्रेश विज्ञप्तिको पूर्ण पाठ “नेपाल कम्युनिस्ट पार्टी (मशाल)को विशेष महाधिवेशनपछि प्रथम राष्ट्रिय भेला वैशाख ७ र ८ गते रूपन्देहीको एउटा गाउँमा सम्पन्न भयो । क.कुमुदको सभापतित्व, प्रवक्ता क.रामबहादुर बुढाको स्वागत, सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण तथा कलाकारहरूद्वारा अन्तर्राष्ट्रिय गीत प्रस्तुतपछि भेलाको उद्घाटन पार्टीका महासचिव क.सन्त बहादुर नेपालीले पार्टीको झण्डा फहराएर गर्नुभएको थियो भने सञ्चालन क. सुबोधले गर्नुभएको थियो ।

राष्ट्रिय भेलालाई शुभकामना दिनेहरूमा पिविएम क.बिगुल, ट्रेड युनियनकोतर्फबाट क. प्रमोद, किसान मोर्चाकोतर्फबाट क.कुमार, युवा मोर्चाकोतर्फबाट क.सगरमाथा, महिला मोर्चाकोतर्फबाट क.समर्थन, शिक्षक मोर्चाकोतर्फबाट क. विवस, विद्यार्थी मोर्चाकोतर्फबाट क.चित्र, जनजाति सम्मेलनबाट क.किरण, सांस्कृतिक मोर्चाकोतर्फबाट क.रक्तिम, प्रवास मोर्चाकोतर्फबाट क.शक्ति, अन्तर्राष्ट्रिय नेपाली मोर्चाबाट क. नवप्रभात र बुद्धिजिवि मोर्चाबाट क.प्रशान्तले शुभकामना दिनुभएको थियो ।

क.सन्देश, क.प्रभात र क.रवि को अध्यक्ष मण्डलबाट सुरु भएको बन्द शेसनमा केन्द्रीय समितिको तर्फ तात्कालिक राजनीतिक प्रतिवेदन र पार्टी एकतासम्बन्धी प्रस्ताव प्रस्तुत भयो । त्यसमाथि प्रतिनिधिहरूले आप्mना महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो । ती सबै सुझावहरूलाइ सामेल गर्ने गरी अन्तमा तात्कालिक राजनीतिक प्रतिवेदन र पार्टी एकतासम्बन्धी प्रस्ताव पारित भयो । तत्कालीन राजनीतिक प्रस्तावमा अहिलेको राजनीतिक अवस्थाबारे भनिएको छ ः “अहिलेको गठबन्धन बन्नु र पुरानो गठबन्धन भत्किनुमा पनि दलाल पुँजीवादी संसदीय व्यवस्थाको आन्तरिक सङ्कटको परिणाम हो । प्रधानमन्त्री प्रचण्डले त्यो सङ्कटबाट सकुशल अवतरण गर्न निकालेको निकास हो । नयाँ गठबन्धन निर्माण भएपनि पुँजीवादी संसदीय सङ्कट जहाँको त्यही नै छ ।” अगाडि भनिएको छ “गठबन्धन फेरिँदैमा दलाल सरकारको चरित्र फेरिँदैन यसले पनि विगतको जनघाती, राष्ट्रघाती तथा जनविरोधी चरित्रलाई निरन्तरता दिनेछ ।”
निष्कर्षमा भनिएको छ ः “काङ्ग्रेस समेतको गठबन्धन र एमाले सहितको गठबन्धनमा केही फरक पनि छ । अहिलेको गठबन्धनमा थोरै भएपनि बाम पक्षीय नीति भएका दलहरूको वर्चस्व छ । त्यसकारण तुलनात्मक रूपले सकारात्मक छ । सकारात्मक भएपनि चरित्रका हिसाबले पुरानोभन्दा खासै फरक नभएकाले त्यसका विरुद्धको सङ्घर्ष प्रधान नै बन्न जान्छ ।” प्रतिवेदनले देशमा भएका विभिन्न काण्डहरूको उल्लेख गर्दै “भ्रष्टाचार दलाल पुँजीवादको अनिवार्य परिणाम” बताइएको छ । त्यसकारण संसदीय व्यवस्था विरुद्धको सङ्घर्षलाई अझै तीव्र पार्नु पर्ने र नयाँ जनवादी आन्दोलनमा जोड दिनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । प्रतिवेदनमा “राजतन्त्र फर्काउन चाहने अहिले कतिपय प्रतिगामी तत्त्वहरू, बहुलराष्ट्रको नाममा देश विखण्डन गर्न चाहने तत्वहरू सडक सङ्घर्षमा भएको” उल्लेख गर्दै उनीहरूको प्रतिगामी चरित्रको भण्डाफोर गर्दै विरोध गर्ने कुरामा जोड दिइएको छ । प्रतिवेदनले राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले सामन्तवाद तथा साम्राज्यवाद विरोधी सङ्घर्षलाई अगाडि बढाएको र त्यसमा अन्य घटकहरू पनि सामेल गर्नुपर्ने बताएको छ । किनकि देशको वर्तमान परिस्थितिले देशभक्त, जनवादी, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूको मोर्चा आवश्यक छ । त्यस प्रकारको मोर्चा बिना राष्ट्रियता, जनतन्त्र र जनजीविका तथा जनअधिकारको समस्या समाधानका लागि पहल गर्ने अर्को शक्ति हुन सक्दैन ।

७५ वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै संशोधनवाद नै नेपालको कम्युनिस्ट आन्दोलनको बाधक भएको बताइएको छ । राष्ट्रिय भेलाले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । १० वर्षे माओवादी जनयुद्ध, जसलाइ हाम्रो पार्टीले उग्र “वामपन्थी” गल्ती गरेको ठहर गरेको थियो, बाट शान्ति प्रकृयामा आएपछि प्रचण्ड पक्षले संशोधनवादी नीति लिए पनि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) मूलतः माक्र्सवादी लेनिनवादी पार्टीको रूपमा वामपन्थी क्रान्तिकारी शक्ति भएकाले हाम्रो पार्टीले दुवै पार्टीसित पार्टी एकिकरणको लागि विचार आदान प्रदान गरेका थियौँ । ०७९साल कार्तिक २० गतेको पहिलो बैठकपछि कैयौ चरणमा वार्ताहरू भएका थिए । तर मशाल सित कतिपय विषयमा सहमति नभएपछि मशाल बाहेक २ पार्टीको विचमा एकता भएको थियो । एकतापछि बनेको पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसित राजनैतिक कार्य दिशामा समान दृष्टिकोण रहेपछि कतिपय मत भेदका विषयमा खुल्ला छलफल गर्दै आवश्यकता अनुसार महाधिवेशनपछि पनि खुल्ला छलफललाइ निरन्तरता दिने गरी पार्टी एकताका लागि दुवैपक्ष तयार भएको अवस्था थियो । मशालले पार्टी एकताका लागि पार्टीको राष्ट्रिय भेलाबाट अनुमति लिनका लागि यो राष्ट्रिय भेला आयोजना गरेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) विच मात्र होइन, अन्य वामपन्थी क्रान्तिकारी शक्तिहरूका विचमा पनि एकीकरण र धुर्वीकरणको प्रकृयालाइ अगाडि बढाउँदै आगामी दिनमा विशाल क्रान्तिकारी पार्टी निर्माणमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औल्याइएको छ । प्रतिवेदनमा “फुट र विसर्जनको इतिहासको सिलसिलालाई मोडेर एकता र सहकार्यको दिशामा लैजान आँट र साहस प्रस्तुत गर्न आवश्यक रहेको” बताइएको छ ।

प्रतिवेदनमा किसानहरूको समस्याबारे छलफल भएको थियो । किसानका समस्या समाधानका लागि आगामी दिनमा निरन्तर सङ्घर्षलाई अगाडि बढाउने कुरामा प्रतिवेदनमा जोड दिइएको छ ।
भेलाले विगतमा राष्ट्रिय स्वाधीनताको प्रश्नमा गरेका सङ्घर्ष, पार्टीको समर्थनमा किसान मोर्चाद्वारा गरिएका सङ्घर्ष, संयुक्त सङ्घर्ष, किसान अभियान, हिरक वर्षको कार्यक्रम लगायतका विषयमा व्यापक समीक्षा भएको छ र अन्त्यमा प्रतिवेदनले भनेको छ “कमजोर पार्टीले क्रान्तिप्रतिको अभिभारा पुरा गर्न सक्दैन । यो अवस्थामा हामी सक्षम र मिलिटेन्ट पार्टी निर्माणका लागि ध्यान दिनुपर्दछ ।”
भेलाले राजनीतिक प्रतिवेदन र एकतासम्बन्धी प्रस्ताव पारित गरेपछि अन्त्यमा कमरेड महासचिवद्वारा सबै सहभागिहरूलाइ धन्यवाद दिंदै भेला सफल र उपलब्धिपूर्ण रहेको भनाइ सहित समापन गरिएको थियो ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित