प्यालेष्टाइनीलाई स्थानन्तरण गर्ने ट्रम्प नीतिको घोर विरोध

 

काठमाण्डौ । भारतीय कम्युनिष्ट पार्टी( रेड स्टार)ले प्यालेष्टाइनी जनतालाई स्थानान्तरण गर्ने ट्रम्प नीतिको घोर विरोध गरेको छ । भारतीय कम्युनिष्ट पार्टी ( रेड स्टार) अन्तर्राष्ट्रिय विभागले प्यालेष्टाइनी जनतालाई आफ्नो देशबाट विस्थापन गर्ने ट्रम्प नीतिको विरोधमा वक्तव्य जारी गरी विरोध जनाएको हो। वक्तव्यको नेपाली अनुवादको पूर्णपाठ यसप्रकार रहेको छ । –“नवफासीवादी, अति दक्षिणपन्थी एवम् प्रतिक्रियावादी ट्रम्पको सत्तारोहणको पूर्वसन्ध्यामा उनको राजनीतिक चालबाजी एवम् भूराजनीतिक रणनीतिहरूद्वारा निर्देशित रहेको र प्यालेस्टिनीहरूमाथि थोपरिएको १५ जनवरीको गाजा युद्धविरामको मूल्याङ्कनगर्दै भाकपा (माले) लाल तारा १७ जनवरीको वक्तव्यमा यस्तो विचार व्यक्त गरिएको थियो ।फासीवादी नव यहुदीवाद भनेको स्वतन्त्र प्यालेस्टाइनको प्रतिवाद भएकाले, प्यालेस्टिनीहरू र उनीहरूका सम्पूर्ण प्रतिरोध बलहरूले वर्तमान युद्धविरामप्रति सावधानीपूर्वक हेर्नु पर्दछ र उनीहरूले साम्राज्यवादी यहुदीवादी गठजोडद्वारा थापिएको सम्भावित पासोमा नपर्न होशियारी अपनाउनु पर्दछ ।
अहिले अन्तर्राष्ट्रिय समुदायले स्वयम् ट्रम्पकै मुखबाट यो ट्रम्पपासोको बारेमा जानाकारी पाएकोछ जबकि ट्रम्प आफैले प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्ट जस्ता अन्य अरब देशहरूमा पुनर्वास गराएर ूगाजाको सफाया गर्नेू आफ्नो सबैभन्दा जघन्य योजना अगाडि सारेकाछन्। गाजावासीहरूलाई छिमेकी अरब देशहरूमा बलपूर्वक स्थानान्तरण गर्ने नयां विचार होइन बरु यो लामो समयदेखि नव यहूदीवादीहरु र नेतान्याहू सरकारका अति दक्षिणपन्थी तत्वहरूले मन पराउँदै आएकाछन्, जसले १५ जनवरीको युद्धविरामको पनि विरोध गरिसकेकाछन् कुरामा माथि ध्यान दिनु पर्दछ। उदाहरणका लागि, यहूदी शक्ति पार्टीको प्रतिनिधित्व गर्ने पूर्व राष्ट्रिय सुरक्षा मन्त्री बेनगभिर इटामारले ूगाजाका बासिन्दाहरूलाई जोर्डन र इजिप्टमा स्थानान्तरण गर्ने पहलको लागिू ट्रम्पलाई स्वागत गरेकाछन्। गाजामा यहूदी बस्तीहरू पुर्नस्थापना गर्न दिनकालागि प्यालेस्टिनीहरूले छिमेकी देशहरूमा बसाईं सराइ गर्नु पर्दछ भन्ने विचार राख्दछन्।
वास्तवमा प्यालेस्टिनीहरू र सम्बन्धित सबै अरब राष्ट्रहरूले प्यालेस्टिनी भूमि, गाजापट्टी, पश्चिमी किनार र पूर्वी जेरुसेलमको एकतालाई कमजोर तुल्याउने निहित कार्यसूची सहितको उक्त प्रस्तावको कडा भर्त्सना गरेकाछन् र स्पष्टरूपमा अस्वीकार गरेकाछन्। सम्पूर्ण प्यालेस्टाइनी जनताहरु, तिनीहरूको नेतृत्वगण र प्यालेस्टिनी प्रतिरोध बलहरुले उक्त अपराधी, विश्वासघाती र फासीवादी अमेरिकीयहूदी कार्यसूचीलाई यदि प्रतिरोध र पराजित गरिएन भने यो नवयहूदी योजनाले १९४८ र १९६७ को प्रकोप (नक्बा) को पुनरावृति निम्त्याउने छ भन्ने सहीरूपमा पहिचान गरेकाछन् भन्ने कुरापनि हृदयस्पर्शी रहेकोछ।
यसबीचमा निकै बिगुल फुकिएको, तारिफ गरिएको एवम् उत्सव मनाइएको युद्धविरामलाई प्यालेस्टिनीहरू विरुद्ध भइरहेको अपराधलाई ढाकछोप गर्न र यहूदीवादी द्वारा युद्धविरामको उल्लङ्घन गरिएको कुराबाट विश्वभरका जनताको ध्यान हटाउन प्रयोग गरिएकोछ। लाखौं प्यालेस्टिनी शरणार्थीहरू छिमेकी देशहरूमा बस्न बाध्यछन् भने कट्टरपन्थी यहूदी समुदायले गाजामा आउन चलाकीपूर्ण चाल चलेको जानाकारी प्राप्त भएकाछन्। अनि गाजामा भएको पछिल्लो भयानक नरसंहारको दौरानमा अन्य देशहरूमा भागेर जान बाध्य भएका मध्ये धेरैलाई शरणार्थीको मान्यता पनि प्रदान गरिएको थिएन। र ट्रम्पको ूगाजाको सफाया गर्नेू योजना त्योबेला आएकोछ जुनबेला नेतान्याहू शासनले हमासलाई युद्धविराम सम्झौताको शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएपछि विस्थापित मानिसहरूलाई गाजामा आफ्नो घर फर्कन विलम्ब भएको थियो।

अतएव सटिकरुपमा भन्नुपर्दा ट्रम्पले युद्धविरामको आवरणमा एकदमै विध्वंस मच्चिएको गाजापट्टीका २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई लखेट्ने आफ्नो जघन्य धम्कीलाइ अगाडि बढाइरहेको बेला यहूदीवादी प्रणाली एवम् भिषण अमेरिकी ,यहूदीवादी गठजोड अन्तर्गत प्यालेस्टिनी जनताको मुक्ति झनै असम्भव हुंदै गइरहेकोछ। जबसम्म पश्चिम एसियामा अमेरिकी साम्राज्यवादी,यहूदीवादी गठजोडको भनाइ नै अन्तिम हुनेछ, तबसम्म प्यालेस्टिनी जनताको मुक्ति र धर्मनिरपेक्ष,लोकतान्त्रिक प्यालेस्टाइनको स्थापना सुभेक्षाको रूपमा मात्र रहनेछ भन्ने कुरा स्पष्टै रहेकोछ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित