उ को भन्दा कम छ ?

मनु वि.क.
नगर गरिबलाई सुनको कुरा
नखोज गरिबको सुनको चुरा
बुझिदेउ गरिबको मनको कुरा
नगर कहिल्यै धनको कुरा ।

भन्न सक्छौ सँधै गरिबलाई हेपेर
लाज हुन सक्छ गरिबलाई भेटेर
तिमीले भने पनि गरिब
उत छैन कहिल्यै पनि हरिप ।

उ त आफ्नै पसिना खान्छ
उत धन पाखुरा ठान्छ
नत छ उसलाई लुट्ने चाहना
नत छ उसलाई झुक्ने चाहना ।

उसको महान काम छ
काममा नै उसको दम छ
भित्री मन देखि हेर त
उ को भन्दा कम छ ?

उसको मेहनत सब खोज्छ
उसको पसिना सब बिक्छ
उसको धन नै पसिना हो
र त उ धर्तीमा ठीक छ । २०८१ फागुन १० काठमाण्डौ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित