२०८१ फागुन १९, काठमाडौं । केशव नेपालको “आमालाई चिठी” पुस्तक माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना ज्ञान घर अध्ययन शालाले गरेको हो । काठमाडौ नयाँ बजार स्थित नारी स्कूलको हलमा आयोजित कार्यक्रममा लेखक केशव नेपालले जनयुद्धको समयमा योद्धाहरूले कसरी त्याग , तपस्या र बलिदान गरे र के अहिले सोही त्याग ,तपस्या ,सहिदको सपना अनुसार देश चलेको छ भन्ने प्रश्नको उठान गर्न र त्यसको उत्तर खोज्नका लागि पुस्तक लेखिएको बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डाक्टर कौशिला रिसालले आजको परिवर्तन समावेशी ,समानुपातिक प्रतिनिधित्वको अधिकार ,गणतन्त्र स्थापनामा जनयुद्धको योगदान रहेको स्पष्ट गर्नु भयो । लेखक रामबहादुर बुढा , रामहरि खतिवडा , समीर सिंह ,सुवास देवकोटा लगायतले पुस्तक माथि मन्तव्य राखेका थिए ।
पुस्तक चिठी शैलीमा लेखिएको छ । मुलतः दुई जना जनयुद्धका योद्धाहरूको प्रेम ,संघर्ष र उज्यालो भविष्य प्रतिको विश्वासले यो पुस्तक भरिएको छ । क्रान्तिकारी योद्धा मुनाले पोखराको एक सैनिक व्यारेक ब्रेक आमालाइ लेखेको चिठीको रूपमा यो पुस्तक आएको छ । मुना संखुवासभा र अनुपम हुम्लाबाट हिड्दै पूर्व सल्लाह अनुसार गोर्खामा भेट हुन्छन । उनीहरूको विवाह हुन्छ । विवाह पछि उनीहरू ८ दिन पर्वत तिर रहन्छन् । उनीहरू छुट्टिए पछि अनुपमको भिडन्तमा मृत्यु हुन्छ । मुना पनि पोखरामा सैनिक हिरासतमा पर्छिन । एक जना मुना प्रति सकारात्मक सोचाई राख्ने सैनिक जवानले मुनाबाट जन्मिएको शहिद अनुपमको नव सन्तानलाई लिएर राइपफलसितै फरार हुन्छन् । आफ्नी आमालाई मुनाले आफू त बाँचिएला या मरिएला अवश्य पनि यो देशमा क्रान्ति हुनेछ । क्रान्ति पछि जनताले उल्लास मय जुलुश निकाल्ने छन् । त्यो जुलुसमा मेरो सन्तान पनि हिड्ने छ ।जुलुशमा हिड्ने मेरो सन्तानको हातमा यो रातो झण्डा थमाइदिनु भन्दै भन्दै चिठी समाप्त हुन्छ । समग्रमा यो कृतिले आशावाद ,प्रगतिवादलाई बोकेको छ ।
लेखकको यो बाइसौं कृति हो। यस पुस्तकको १०३ पेज रहेको छ । प्रगति प्रकाशन नेपालले यस पुस्तकलाई बजारमा ल्याएको हो । यस पुस्कतकमा १९ वटा खण्ड राखिएको छ । साधारण मुल्य रु २५० र हार्ड कभर रु ५०० राखिएको छ ।
यो कार्यक्रमको संयोजन गर्नुमा ज्ञानघरका भोला ढकालको पहलकदमी महत्वपूर्ण रहेको थियो । यस भन्दा पहिला ज्ञानघरले विभिन्न विषयमा वैचारिक छलफलको आयोजना गरेको थियो । पुस्तक चर्चा कार्यक्रम यो पहिलो पटक हो। आगामि दिनमा पनि पुस्तक चर्चा कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

