
– गिनिज वुढा
धाइ रहेछन् आकासमा धुवाँका ,काला बादल
प्रदुषित छन् आज सबै जमिन, आकाश, पाताल ।
हरियाली सकियो चारै तिर छन् प्रदुषण
यही वातावरणले सबलाई गरिरहेछन् शोषण ।
चारै तिर फोहोर मैला धुवाँ, धुलो गन्ध
धरतीले गुमाउँदैछ आफ्नो हरियो रंग ।
डुले सबै प्रदुषणमा खोला नाला नदी
मासिदै छन् प्राकृतिक स्रोत सबै भए जति।
वातावरण सफा भए नै छ जीवन पनि हाम्रो ।
वातावरण सफा राख्न सचेत भए राम्रो।
बोट रोपौ ,रुख रोपौ जोगाउँ है वन
वातावरण सफा भए यही हो ठूलो धन ।
सुरु गरौ सरसफाई सबै जागरुक भइ
बचाउनु पर्छ हाम्रो धरती मिलिजुली सबै।
(पद्म कन्या विद्याश्रम , मा . वि .,
डिल्लिबजार ,काठमाडौ । लेखन मितिः २०७९÷ ०३÷१५)
Comments

