गाजामा मृत्यु हुनेहरुको संख्या ५० हजार भन्दा माथि

काठमाण्डौ । प्यालेष्टाइनी भूमि गाजामा मृत्यु हुनेहरुको संख्या ५० हजार भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । गाजा इजरायल युद्धमा मारिनेहरुको संख्या ५०हजार ३९९ को मृत्यु पुगेको छ । मारिनेहरुमा अधिकांश महिला बच्चा केटाकेटीहरु रहेका छन् । हज्जारौंको संख्यामा भग्नावशेषमा हराइरहेका छन् । १ लाख १५ हजार भन्दा माथिको संख्यामा घाइते भएका छन् । गाजा क्षेत्रका सबै भौतिक संरचनाहरु ध्वस्त हुन पुगेका छन् । हमासले इजरायली भूमिमा २०२३ अक्टोबर ७ मा आक्रमण गरे पछि इजरायलले हमासको विरद्ध भन्दै स्थल ,जल र हवाइ माध्यमबाट आक्रमण गरेको थियो । २०२५को १९ जनवरीदेखि अमेरिका,इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम, वार्ता र गिरफ्तारहरुलाई रिहा गरी हस्तात्रण गर्ने कार्य भएको थियो । तर १८ मार्चदेखि फेरी इजरायलले आक्रमण जारी राखेको छ ।निरन्तर रुपमा १७ महिनाको अवधिमा लाखौं प्यालेष्टाइनीहरु विस्थापित हुन पुगेका छन् । आक्रमणको धम्की दिँदै इजरायलले अमेरिकी सहयोगमा आक्रमण जारी राखेको छ । वार्तामा इजरायलले गाजा छोड्न र त्यहाँबाट अन्य देशमा स्थानान्तरको प्रस्ताव गरेको थियो। स्वाभीमानी देशभक्त प्यालेष्टाइनीहरुले सो प्रस्तावको अस्वीकार गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित