हैदरावाद । हैदरावाद उत्तर नगर समितिको मिति २०२५ मार्च ३० का दिन का दिन अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत पर्ने मध्ये दक्षिण क्षेत्रिय समितिको प्रथम भेला भेला गोविन्द केसीको अध्यक्षता र केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द बहादुर सदस्य राम प्रसाद पौडेल मनोहर पौडेल अखिल भारत नेपाली एकता समाज महिला विभाग का सचिव कोपीला धिमाल अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेल अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण महिला विभागका अध्यक्ष दिलमाया थापाले अतिथिको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई पदम कार्कीले शब्द द्वारा स्वागत गर्नुभएको थियो। भेलाको संचालन लोकेश सिंजालीले गर्नु भएको थियो। भेला सफलताको शुभकामना दिँदै प्रमुख अतिथि आनन्द थापाले आज हाम्रो देश नेपालमा सरकार सञ्चालन गर्ने राजनीतिक दलहरुको गलत रवैयाका कारण शिक्षा स्वास्थ्य रोजगारी र नेपाली जनताको दैनिकी कष्टकर बन्दै गएको अवस्थामा भारत लगायत विश्वका विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा जाने पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभयो जसको प्रमुख कारण अहिले को दलाल प्रतिक्रियावादी राज्य व्यवस्था र त्यसको परिचालन गर्ने दलहरु नै भएको ठोकुवा गर्दै आज हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देश र जनताका सबै समस्या समाधान गर्न जनगणतन्त्र हुदै वैज्ञानिक समाजवादको खाका तयार गर्ने उदेश्यले पाटीले ४६ दिने देशै भरी जनविस्तार अभियान ९(जनता संग भेटघाट ) कार्यक्रम गरी आम किसान मजदुरहरु उत्पीडित जाति जनजाति विधार्थी महिला कर्मचारीहरुका समस्या समाधानको लागि कार्यक्रम बनाएको जानाकारी गराउनु भयो। अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेल ले आफ्नो अतिथिको आसनबाट अखिल भारत नेपाली एकता समाजको स्थापना १९७९ साल ७ नोभेम्बरका दिन सात सदस्यीय केन्द्रीय समिति बनेको र आज आएर संगठनको सहि नीति सिद्धान्त र व्यवहारको कारण आज विश्व भरिका देशहरुमा अविभावक को भुमिका खेलेकोले सबै भारतस्थित नेपालीहरु अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो ।हामी जब संगठन मा आबद्ध हुन्छौ तब मात्र हामी माथि भइरहेको अन्याय अत्याचार शोषण दमनको विरुद्ध आवाज उठाउन सक्ने हुनेछौ भन्दै असंगठित नेपालीहरुलाई संगठित बनाएर टोल एरिया नगर क्षेत्र हुदै केन्द्र र नेपालको राजनीतिक संग सक्रिय रुपमा जोडिन सकिने कुरा राख्नु भयो। अतिथिको आशनवाट राम प्रसाद पौडेल मनोहर पौडेल कोपिला धिमाल र दिल माया थापाले भेला सफलता को शुभकामना दिनुभएको थियो।
अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समिती को प्यानल प्रस्तुत कृष्ण पौडेल गर्नु भएको थियो भेला ले १९ सदस्यीय उत्तर हैदरावाद नगर समिती गठन गरेको छ। जसमा पदाधिकारी सहित निम्न सदस्यहरु रहनु भएको छ ।
अध्यक्ष – गोविन्द केसी
उपाअध्यक्ष – पदम कार्की
सचिव – लोकेश सिंजाली
सह सचिव – शोम बहादुर थापा
कोषाध्यक्ष – बिष्णु गाहा मगर
सदस्यहरु
टंक ठकुरी
मान बहादुर लामिछाने
राजेन्द्र धिमाल
दिलमाया थापा
कुमार बुढा मगर
रामकृष्ण थापा
सूर्य बहादुर रसाइली
नारायण पौडेल
ुसपना गाह मगर
नानु गाह मगर
सुस्मिता कार्की
ुसुमित्रा लामिछाने
छमान सिह वि क
मान बहादुर नेपाली हुनुहुन्छ ।
उक्त कार्यकारी १९ सदस्य उत्तर हैदरावाद नगर समिती लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनेहरुमा आनन्द थापा, कृष्ण पौडेल राम प्रसाद पौडेल ,मनोहर पौडेल, कोपिला धिमाल हुनुहुन्थ्यो। समग्र समितिको तर्फबाट अध्यक्ष गोविन्द केसीले अखिल भारत नेपाली एकता समाजको विधान घोषणा पत्र र सँगठनको मार्गदर्शन सिद्धान्तलाई आत्मसात् गरि आम श्रमजिवी नेपालीहरुको हक र अधिकार को लागि काम गर्ने बाचा सहित सपथ लिनु भएको थियो। अन्त्यमा अध्यक्ष द्वारा कार्यक्रम भव्य र सानदार रुपमा सफल भएको घोषणा गरि कार्यक्रमको समापन गर्नुभएको थियो।


