करण दयाल
अब यस्ता कुचालहरू जनताले चिन्ने बेला आयो
जनताले आफ्नो सुरक्षा आफै गर्ने बेला आयो
राजाको हिजोको रैती प्रवृत्ति छिटै बुझ्न पर्ने भयो
बेलैमा सुधर्नु र सुधार्नु अनिवार्य रूपमै देखिने भयो।
सरकारहरूले धान्नै नसक्ने संघीयता लादेर होला
सरकारले लादेको संघीयताले देश रित्तो भएर होला
अहिलेसम्मका सरकार नाकामा रहेकाले भन्यो होला
दलाली प्रवृत्ति हावि हुदा जनता निराश भएर होला।
देशमा राजाको आवश्यकता कुनै हालतमा छैन
अढाई सय वर्ष राज गरेर देश डुबाएको राजा चाँइदैन
राजतन्त्र फालिएको छ अब राजा बचाउनु हुँदैन
राजा आउ देश बचाउ भन्ने नारा लगाउन पर्दैन ।
देशमा राजाको आवश्यकता नभको जनताको माग छ
राजा कुनै हालतमा धान्न नसक्ने जनताको गुनासो छ
राजतन्त्रले गरेको संगिन अवस्थाको अनुभुती ताजै छ
ढाई सय वर्ष राज गरेको राजतन्त्रको अनुभव थाहा छ।
राजाले परिवार बचाउनु सकेन देश बचाउनु सक्छर ?
आफ्नो परिवार बचाउनु नसक्नेको विस्वास हुन्छर ?
महासाय यस किसिमका नाराले मात्रै कहाँ पुग्ने हुन्छर?
नारा जति दिए पनि नाराले कहाँ हुन्छर ?

