कविता ः देश बनाउन युवाहरु अघि सरुन् नयाँ सालमा

अर्जुन भाट
आन्दोलनै आन्दोलनले अघाएको मेरो यो देश
भ्रष्टाचारै भ्रष्टाचारले बगाएको मेरो यो देश।
गरिबी बिरोजगारले पकाएको मेरो यो देश
अन्याय अत्याचारले सघाएको मेरो यो देश।

बुढापाका नेताहरुले भरिएको मेरो यो देश
युवा जति देश निकाला गरिएको मेरो यो देश।
नेपाली जनता भुटानीमा बेरिएको मेरो यो देश
सामन्ती प्रवृत्ति हावि भएको मेरो यो देश।

क्रान्तिका नामले लुटपाटमा परेको मेरो देश
क्रान्तिकारी सिद्धान्त माथि कुठाराघात भको देश।
देश भरिको युवाशक्ति पलायन हुनु पुग्यो मेरो देश
देशको स्वतन्त्रताको हनन हुनेमा अगाडि छ मेरो देश ।

कुरा क्रान्तिकारीका व्यवहार अवसरवाद भका थिए
अवसरवादी हरूले जनतामा भ्रम सृजना गरेका थिए।
समृद्ध नेपाल सुन्दर नेपाली हुने बाँचा बोलेका थिए
उदेश्य सांसदमा जाने भ्रम क्रान्तिकारीका झुटाकुरा गरे।

चुनाव जित्ने मात्रै उदेश्य थियो क्रान्तिका लागि थिएन
देश बरू रित्तो परोस नेतालाई चिन्ताको विषय भएन ।
त्यसैले हाम्रो देश समृद्धिको बाटोमा जान सकेन
क्रान्ति नामका ठेकेदारहरूले देश बनाउने तिर गएन ।

त्यसैको विकल्पमा क्रान्तिकारी पार्टी उदय भयो
क्रान्तिकारी कम्युनिस्ट पार्टीले खबरदार भनिदियो ।
देश जनताका समस्या समाधान गर्न गाउँ टोलमा गयो
गाउँ टोलमा जनताले भोगेका अनुभव बटुल्दै गयो।

आदरणीय जनसमुदायहरू जनविस्तारमा लागि परौ
जनविस्तारले देशको काँचुली फेर्ने छ ध्यान गरौ।
सत्हत्तर जिल्लामा जनविस्तारमा छ समर्थन गरौ
क्रान्तिकारी कम्युनिस्ट पार्टी सबै जिल्लामा बनाउँ।

शूभकामना छ शान्ति छाओस देशभरी नयाँ सालमा
सुशासन र सुख पाओस देशैभरी नयाँ सालमा।
रोजगार पाई देशमा रहुन युवा जति नयाँ सालमा
युवाहरु देश बनाउन अघि सरून नयाँ सालमा।

बृद्ध नेता देश युवालाई सुम्पि घरमा बसून नयाँ सालमा
सूख शान्ति हर घरमा खुसीयाली छाओस नयाँ सालमा
नेपाली नेता जनतालाई सतबुद्धी पलाओस नयाँ सालमा
सम्पूर्ण देशप्रेमीहरूमा प्रगति उन्नतिको शुभकामना ।।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित