नारायण योगी
गाउँ शहर चल्दैछ आज जनसम्बन्ध अभियान
गाउँ शहर चल्दैछ आज जनसम्बन्ध हाम्रो यो अभियान
जनताको दुःखपीर साटदै गर्दैछौं , समस्या पहिचान
पुर्व झापा कांकड भिट्टा पश्चिम गड्डा चौकी
हिड्यो टोली जिन्दावादको नारा बोकी बाँकी
बैतडीको झुलाघाट, पाँचथर भञ्ज्याङ चियो
सहिद परिवार भेटघाट गर्दा मन सार्है रोयो।
गाउँ ……
भक्कानिदैं व्यथा पोखे आरक्ष पीडितले
बेरोजगारले सिमा नाघ्यो युवाहरू जागे
पीडा पोखे कमैयाले हातमा प्रमाण समाई
सहकारी ठगहरू कति हिडछौं भाई
गाउँ ……
हुन्न अब चुप लागेर मेचीकाली उठौं
हक हाम्रो गुम्नलाग्यो घर घरबाट जुटौं
प्रतिगामी सल्बलाए चिहान बाट फेरि
बिद्रोहको झण्डा उठाउँ हातेमालो गरी
गाउँ ………
Comments

