शहिद मित्रमणि आचार्यको सम्मानमा

– दुर्गा शर्मा
नेपाली बिद्यार्थी आन्दोलनमा
कहिल्यै नमेटिने नाम हो मित्रमणि,
शोषित पीडित वर्गको
आशा र भरोसा बोकेको
कुशल नेताको नाम हो मित्रमणि ।
अन्यायको विरुद्ध
ज्वारभाटा भएर जुध्न सक्ने
महान योद्धाको नाम हो मित्रमणि,
जनताका हरेक दुःखमा
हरदम सामेल हुने
जनसारथीको नाम हो मित्रमणि ।
सबैखाले शोषणको
अन्त्यको लागि जुर्मुराएको
एक योद्धाको नाम हो मित्रमणि
शोषणमा आधारित
व्यवस्थाको विरुद्ध धावा बोल्दै
शोषण रहित समाज
निर्माणको लागि
दुश्मन सामु कहिल्यै नझुक्ने शिर बोकी
जनताको बस्ती बस्तीमा पुग्ने
कर्मयोद्धाको नाम हो मित्रमणि ।
साच्चै तिमीले छोडेका
अमिट छापहरुले
क्रान्ति र परिवर्तनको यात्रामा
मेहनतकस वर्गको लागि
सदैव मार्गदर्शन गरिरहनेछन्
तिमी अमर छौ र अमर रहिरहनेछौ ।
डियर कमरेड
हार्दिक श्रद्धाञ्जली ।

यो कविताका सर्जक अ.ने.रा.स्व. वि. यु. (छैठौं) का पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित