पल्लाबरम एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समिति अन्तर्गत पल्लावरम एरिया समितिको प्रथम सम्मेलन ४ मई २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता नन्दकला परियारले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट रामु नेपाली र संगीत बाट रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए। सम्मेलनको उद्घाटन प्रमुख अतिथि समाजकी केन्द्रीय सदस्य माया हमालले दिप प्रज्ज्वलन गरेर गर्नु भएको थियो। सम्मेलनको प्रस्तावित प्यानल प्रस्तु केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले गर्नु भएको थियो। उक्त प्यानल हाउसले एक मतले पारित गरेको थियो। भुवन सुवेदीको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक र ५ सलाहकार गरी १७ सदस्यीय पल्लावरम एरिया समितिको चयन गरिएको छ। जस्मा उपाध्यक्ष श्याम बहादुर परियार, सचिव घनस्याम पुरी, सहसचिव बोधनाथ पौडेल, कोषाध्यक्ष रामु नेपाली, सदस्य कृष्ण प्रसाद शर्मा, नन्दकला परियार, माया परियार, हिरा गिरी, बैकल्पिक सदस्यहरूमा  कृष्ण प्रसाद शर्मा, गोविन्द पौडेल, दिपक हमाल, सल्लाहकार उमा शर्मा, खिमा गिरी, देवी पौडेल, रामकुमार के सी एक स्थान रिक्त रहेको छ। नव निर्वाचित समितिको तर्फबाट अध्यक्षले सफथ ग्रहण गर्नुभएको थियो। नव निर्वार्चित समितिलाई बधाइ दिनेहरूमा समाजका महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य तथ क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य राम कुमार केसी, नगर सदस्य दिपक हमाल, बोधनाथ पौडेल माया परियार, लक्ष्मी प्रसाद शर्मा र निरोसा केसी रहनु भएका थियो। कार्यक्रमको संचालन क्षेत्रीय सदस्य लक्ष्मी सुवेदीले गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित