–राम सिह वि.क.
कला , साहित्य र सस्कृति भनेको केहो ?
कला (आर्ट) भनेको मानिसको विभिन्न स्थरको व्यवहार उनीहरुको कल्पनिक व्यवसायिक सीपबाट श्रृजना गरिएका रचनात्मक वस्तुहरुलाई कला भनिन्छ । दोस्रो अर्थमा कलाको बारेमा दर्शन कोषमा यसरी वर्ण गरिएको छ कला (कला) समाजिक चेतनाको विशिष्ट रुप जसले यथार्थलाई कलात्मक बिम्बको अध्ययन द्वारा प्रतिबिम्बले गर्दछ । संसारको सौर्न्दर्य बोधको श्रृजना कलात्मक कृयाकलाप र साथै मनुष्यको सौन्दर्यात्मक भवना तथा आवश्यकताहरुलाई साकार बनाउन पुर्ववर्ति प्रकृयाहरुको श्रोत हो । यहाँ सानो उदाहरण ठूलीगीति नाटकको दृष्य ।
कला भनेको केहो भने कलाको सम्बन्ध करिव ६४ प्रकारका हुन्छन र यसको यसरी व्याख्या गरिएको छ तर हाल यहाँ गायन ,बाध्यवादन ,नृत्य, नाटक, मुर्ति कला ,साहित्य ,श्रृजना, कविता, गजलको बारेमा छोटो चर्चा गरेको छु। अरु कला भन्नाले आफुले जानेको सिपलाई कला भनिन्छ खास गरी कलाको उत्पत्ति मानवको उत्पत्ति सितै भएको पाईन्छ । पाषाण युगमा ३०००० ÷,४००००वर्ष पहिले मा भएको पाईन्छ । जब मानव समाज जंगली युगमा थियो मान्छेहरु नाङ्गै धुम्थे । काच्चै पदार्थ खान्थे ।त्यसबेला कुनै जातपात र धर्म भन्ने थिएन । सबै मिलेर बस्थे । मान्छेको मृत्यु भयो भने सामुहिक रुपमा दाहा संस्कार गर्थे मान्छेको मृत्यु भयो भने कृया गर्ने चलन थिएन र मृत्यु पछि कतिदिन कृया बार्ने भन्ने चलन थिएन ।त्यसरी हुर्केको समाजलाई कविलाई समाज भन्ने गरिन्थ्यो ।
पछि विस्तारै मान्छेहरुले पातका लुगा लगाउन थाले ।पोलेका जीव जन्तु खान थाले यसरी मान्छेहरुले आगोलाई रोक्न थाले साथै जब आगो ताप्न थाले मान्छेहरुलाई चिसोपन महसुस भयो । त्यसपछि मान्छेहरुले पातहरु काटेर कपडा बनाउन थाले र रुखका बोक्राहरु लगाउन थाले । यसरी पातकाटेर कपडा बनाउदा त्यसबेलाको चेतना अनुसार त्यो पनि एउटा कला हो । विस्तारै मान्छेहरूमा चेतनाको विकास हुन थाल्यो जसरी मान्छेहरुले चेतनाको विकास गरे सोही अनुसार कलाको पनि विकास भयो । जस्तो खेतीपाती गर्दा अेोजार चाहिने भयो वन जंगल काटफाण गर्दा हात हतियार चाहिने भयो ।यसरी समग्रमा भन्नु पर्दा जसरी मानव समाजको दिन प्रतिदिन विकास भयो त्यसरी कलाको पनि विकास हुँदै गयो । आदिम साम्यवादी युगमा एउटा समाज थियोे त्यही अनुसार कलाहरु श्रृजना गरे । दास युगमा दास र मालिकहरु थिए । मालिकहरुको शासन थियोे । सोही अनुसार कलाको श्रृजना गरे सामन्तवादी युगमा सामन्त र जमिदारबीचको भिन्नता केहो त्यही अनुसार कलाको विकास भयो । पुँजीवादी समाजमा फरक प्रकारले कलाको रुप फरक भयो किन भने यो पुँजीवादी समाजको अर्को रुप साम्राज्यवाद पनि हो । त्यस कारण पुँजीवादी समाज भित्र कलालाई गलत तरिकाले प्रस्तुत गर्न लागे जस्तै पहिला मान्छेहरुसित लडाई लड्दा अथवा एक देशले अर्का देशमाथि आक्रमण गर्दा तरवार, भाला ,गुलेलीले लडाइँ गर्थे ।अनि मान्छेहरु अवथा सेनाहरु हात्ती ,घोडामा चढेर लडाइ गर्थे । भने अहिलेको पुँजीवादी युगमा हातहतियारको धेरै विकास भयो र अहिले मान्छेहरु पिस्तोल, राईफल, लडाकु जहाजदेखि एटम बमहरुले लडाई गर्ने गरेका छन् । यो पनि एउटा कलाभित्र नै आउँछ रहेक चीज कला भित्र जोडिएको छ तर अब हामीले कलालाई कसरी वर्गीय कारण गर्ने भन्ने बारे ध्यान दिनु जरुरी छ । वर्गीय समाजमा कलापनि वर्गीय हुन्छ । जस्तो एक कला कि सामुहिक कला एक कला भनेको आफुलाई जस्तो मनमा लाग्छ त्यही अनुसार निर्माण गरिन्छ भने सामुहिक कला भनेको समाजमा कस्तो कलाको आवश्यकता छ त्यस अनुसार निर्माण गर्नु पर्ने हुन्छ । हामी कलाकर्मीहरुले देशको आवश्यकता, समाजको वस्तुस्थितिलाई मध्ये नजरगरी कलाको विकास गर्नु जरुरी छ । साहित्य र कलाबारे हामी यहाँ वर्गीय साहित्यको कुरा गरिरहेका छौं ।साहित्य देश वा जातको व्यवहारिक वा भावनात्मक विषय रचित अथवा भाषा र साँस्कृतिक अभिव्यक्त हो । साहित्य भनेको लेखनशैली पनि हो जसलाई लिपीबद्ध पर्ने हुन्छ। कमरेड माओले साहित्यलाई कलमको मोर्चा पनि भनेको र लेनिनले साहित्य र कलाको सम्बन्धमा यो एउटा स्वतन्त्र साहित्य हुनेछ , त्यसमा समाजवादको विचार र मेहनतकश जनताहरुप्रति सहानुभूतिको भावना हुनेछ भनेका छन् । साहित्य मानव समाजको लागि महत्त्वपूर्ण विषय पनि हो आज जुन समाजमा हामी बाँचिरहेका छौं त्यो समाज साहित्यको क्षेत्रमा के कति विकास भयो र अहिलेको साहित्य कस्तो हुन पर्ने यस विषयमा चर्जा गरौं ।
साहित्यमा माक्र्सवादी दृष्टिकोण
साहित्य विचारलाई व्यक्त गर्ने एउटा शैली र तरिका हो माक्र्सवाद वर्गसंघर्षको दर्शन भएकोले समाजमा त्यसको स्थिति र कामदार वर्गको विजयका आधारहरू प्रदान गर्नु माक्र्सवादी दृष्टिकोण अँगाल्ने साहित्यको कर्तव्य हो।
साहित्य बारे कमरेड माओले भनेका छन् कि साहित्य भनेको कलमको मोर्चा हो किन भने साहित्य लेख्न शैली भएकोले यसलाई कलमको सज्ञा दिनु भयो । यसरी साहित्यको अध्ययन गर्ने दौरानमा दर्शनशास्त्रको बढि भुमिका रहन गएको छ । किन भने दर्शन भनेको हेर्ने हेराईलाई भनिन्छ । व्याख्या गर्नु नै दर्शन हो पुर्वीया दर्शन अन्तर्गत यसलाई यसरी परिभाषित गर्दै भनिएको छ कि दृश्यते अनिन ईति दर्शनम् अर्थात जसको माध्यमबाट देख्न सकिन्छ त्यो नै दर्शन हो पुर्वीय दर्शनमा दर्शन शब्द दृश शब्दबाट बनेको हो, जसको अर्थ देख्नु हुन्छ । देख्नु यहाँ देख्नुको अर्थ कुनै कुरा हेर्नु मात्रहैन त्यसलाई बुझ्नु पनि हुन्छ । त्यसै गरी पश्चिमी दर्शनमा पाईथागोरसले फिलोसफि शब्दको प्रयोग गरेको पाईन्छ ।उनको यस शब्दलाई लभ अफ विस्डम । बुद्धि प्रतिको प्रेमको रुपमा व्याख्या गरे कार्ल माक्र्सले आफ्नो थिसिस अन फायरबाखमा दर्शनलाई यसरी व्याख्या गर्दै संसारलाई व्याख्या गर्ने मात्र होईन मुख्य कुरा त्यसलाई बदल्ने हो भने । सोही पुस्तकमा भने, विभिन्न दार्शनिकहरुले यात चेतना देखे यात वस्तु अथवा पदार्थ देखे तर चेतनायुक्त वस्तुले नै संसार बदल्ने हो । यसरी कला साहित्यको बारेमा लेखिरहँदा माक्र्सवादी दर्शनको अध्ययन बिना कुनै निश्कर्षमा पुग्न नसकिने हुनाले यहाँ दर्शनशास्त्रको बारेमा छोटो अंश लेख्न प्रयास गरेको छु। समयको परिवर्तन संगै साहित्यका रुपहरु पनि परिवर्तन भई रहन्छन् ।साहित्यमा वर्गीण् दृष्टिकोण हुन अनिवार्य मानिएको छ । किन भने मानव समाज वर्गीय दृष्टिकोणको अधारमा रचित अथवा बनेको छ वर्ग दुई प्रकारका हुन्छन एउटा शोषित वर्ग अर्को शोषक वर्ग त्यसकारण साहित्य पनि वर्गमा विभाजन भएको छ जस्तै दर्शन दुई प्रकारका छन् । एउटा भौतिकवादी दर्शन जुन माक्र्सवादी दर्शन हो ।सत्य र यथार्थमा आधारित छ र समाज परिवर्तनशीलछ भन्छ ।जस्तै जन्म र मृत्यु लाई स्वभाविक मान्छ र मान्छे जन्मे पछि मृत्यु निश्चित छ । दोस्रो अध्यात्मकवादी जसले अलौकिक शक्तिमाथि विस्वास गर्दछ । जन्म र मृत्युलाईइश्वरको लिला भनेर सोमामाथि विस्वास गर्दैन उदाहरण रुपमा बुझौ दुई जनामा झगडा भएछ र एउटाले अर्कोलाई हानेछ । जुन मान्छेले चोट खायो उसले भनेछ मेरो साथी धेरै बलियो र मोटोघाटो छ म उसलाई बोलाएर तिमीलाई पिट्छु भनेझै अध्यात्मवादीहरुले यो संसारलाई बुझ्ने सवालमा आफ्नो शक्तिमाथि भरोसा नगरी जुन देखिदैन जो शक्ति हामीले कहिलै देखेनौं । त्यसमाथि विस्वास गर्दछ त्यस उसले हामीले यो संसारलाई बुझ्न यसको व्याख्या विश्लेषण गर्न भौतिकवादी दर्शन जो सत्यमा अधारित छ लाई बुझ्न जरुरी छ ।
साहित्यको बारेमा बुझ्न र त्यसलाई व्यख्या गर्नु पर्ने कुरामा वर्गीय रुपमा मुल्यांकन गर्नु पर्दछ । हामी भौतिकवादीहरुले आफ्नो लेखन कार्यलाई कसको पक्षमा लेख्ने र कुन समाजको प्रतिनिधित्व गर्ने भन्ने हुन्छ ।भौतिकवादी अथवा माक्र्सवादले संसार भरिका उत्पीडित जनता एक हौं । भनेर उत्पीडित अथार्थ गरिखाने वर्गको निम्ति आफ्ना कृतिहरुमा साहित्य बारे लेखेको छ माक्र्सवादी साहित्यले मानवजातिलाई उन्नति र समृद्धितका दिशामा पथप्रदर्शन गर्ने भएकोले यसको जगमा उभिएको साहित्यले पनि सकारात्मक भुमिका सहित आफ्नो दायित्व निर्वाह गर्दछ । यसको अर्थ हुन्छ मजदुरको दुर्दशा र पुँजीपतिको स्वर्गको स्थितिलाई समाजका सामु राख्ने मात्र हैन दुर्दशा स्थिति सृजना गराउने र पुँजीपतिको स्वर्ग भत्काउनकालागि मजदुरलाई योजना प्रदान गर्नु । के मजदुरले सँधै गर्ने कार्य भत्काउन नै हो ? होईन भत्काईसकेपछि फेरि निर्माण गर्नु तर कसकोलागि समस्त मानवजातिका लागि यहि ध्येय माक्र्सवादी साहित्यको हुन्छ । त्यसकारण साहित्य बारे फरक फरक भनाइ रहेपनि खासमा साहित्य सृजना गर्ने बेला अथवा कविता नाटक गीत संगीतलाई कसको लागि लेख्ने भन्ने कुरा माक्र्सवादी दर्शनशास्त्रको ज्ञान हालिस गरेर मात्र साहित्यलाई वर्गीयकरण गर्न सकिन्छ जुन समाज मानव जातिको विरुद्धमा निर्माण गरिएको हुन्छ ।
त्यसका विरुद्धमा साहित्यकारहरुले आफ्नो कृतिहरु सृजना गर्नु पर्दछ र खासगरी प्रगतिशील साहित्यकारहरुले माक्र्सवादी लेनिनवादी साहित्यको अध्ययन गर्नु पर्दछ ती साहित्य जसले क्रान्तिकारी आन्दोलनलाई टेवा पुर्याउछन ।
ृ संस्कृत भनेको मानिसहरुको चालचलन रितिरिवाज विवाह, वर्तन मानिसहरुले अपनाइ कर्म भन्ने बुझिन्छ ।संस्कृत एउटा भाषा पनि खासगरी कला साहित्य र संस्कृत एक दोस्रो सितत अति नै घनिभूत सम्बन्ध रहेको पाईन्छ । यो मानव समाजको अभिन्न अंग हो कला रचनात्मक अभिव्यक्तिको एउटा रुप हो जबकि साहित्य लेखिने कला हो अरु संस्कृति कुनै समाजको साझा मूल्य मान्यता अरु प्रथाको प्रतिनिधित्व गर्दछ । त्यसकारण कला बिना संस्कृत संस्कृत बिना साहित्यको विकास हुन सक्दैन तर साँस्कृतिक पनि अति महत्त्वपूर्ण कुरा हो किन भने संस्कृति आफ्नो देशको चालचलन रीतिरिवाजसितजोडिएको छ भने साँस्कृतिक त्यही रीतिरिवाज अनुसार गीत ,संगीत, ,गायन, बाध्यवादन, नाटक ,कविता, साहित्यसित जोडिएको हुन्छ तर कला ,साहित्य र संस्कृतमा पनि वर्गीय दृष्टिकोण हुन जरुरीछ ।मैले केही कुरा माथि धेरै ठाउमा उल्लेखित गरिसकेको छु कि समाज विकासको क्रममा कला साहित्य र संस्कृतिको महत्त्वपूर्ण योगदान रहन गएको छ ।फेरि यो विषयमा पनि दर्शनको महत्त्वपूर्ण भुमिका रहेको छ । दोस्रो कुरा संस्कृति मानिसको स्वभाव हो । सस्कृति,राजनीतिक आर्थिक अवस्थाको प्रतिबिम्ब हो ।पिछडिएका सामन्ती संस्कृति अन्तर्गत महिला,दलित, आदिवासी, जनजाति लगायत पिछडिएको समुदायहरुमाथि भेदभाव अवस्था छुवाछूत कायमै छ । महिलाको छाउपडी ,प्रथा देउताको कुमारी प्रथा, बोक्सी प्रथा, दाईजो प्रथा जस्ता अनेक थरी प्रथाहरु कायमै छन् । यो सामन्तवादी संस्कृतिहरुका उदाहरण हुन तर संस्कृतिक र साहित्य बारे भौतिकवादी हरुले गरिब दुःखी हरुका कथा ,व्यथा विभिन्न जातजातिहरुका वेदनाहरुलाई गीत संगीतहरुको माध्यमबाट समाज विकासको चरणलाई गति दिएको हुन्छ । त्यसकारण प्रगतिशील कला ,साहित्य संस्कृति र साँस्कृतिक बिना कुनै कुरापनि अपरिहार्य छैन अथवा अपरिवर्तनशीलछ भन्ने कुरा दिनको घामझै छर्लङ्ग छ।
लेखक अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव हुनुहुन्छ ।
।

