जगदीश चन्द्र भण्डारी
अंध्यारोले
बिहान निम्त्याए झैँ
शासनका उत्पीडनले
क्रान्ति निम्त्याउँछ
युद्धकला सिकाउँछ
मानिसलाई
जब मानिस
आफैंले हुर्काएको
हावा, तुफान, हुरीले
विश्वासघात गर्छ
माथि संसदको
पुरानो दरबारमै
बनेको पटाङ्गिनीमा
लोकतान्त्रिक नाटकको
नायक र पात्रहरूमा
फेरिएर
बर्बर क्रूर अभिनय गर्छ
मानिस
क्रान्ति विद्रोहमा बदलिन्छ
क्रान्ति मानिस
मानिस क्रान्ति भइरहन्छ ।
Comments

