अशोक शर्मा
पृय कवि सेन !
यतिबेला ,
दलाल संसदीय व्यवस्थाको चौतारीमा
संसदवादको छाता ओडेर
अवसर र स्वार्थको घाम ताप्दै
एकथरी मान्छेहरु
तिम्रो जीवन र मृत्युुलाई
भागबन्डा लाएर उपभोक्त गरिरहेका छन ।
जीवनको वास्तविक शौन्दर्यता बेचेर
कृतिम जीवनको भीख माग्ने मान्छेहरु
तिमीलाई श्रद्धाञ्जली दिन
लाइनका लाइन
तिम्रो सुन्दर लासमाथि उभिएर
गोहीका आँसु झारिरहेका छन ।
उनीहरु,
जीवनको सौन्दर्यतासंग होइन
जगतको दृष्टिबोध संग पनि होइन
सर्वहारा क्रान्ति र वर्गसंघर्षप्रतिको
मूल्य मान्यता
आदर्श र निष्ठा
कुनैसंग पनि होइन
वर्गीय पक्षधरता त झन हुदै होइन,
केवल आफ्ना र आफन्तको लागि
वर्ग बैरी सामु घुडा टेकेर
लम्पसार परेर
यतिबेला
तिम्रो सुन्दर लासमाथि
फोहोरी खुट्टा टेकेर उभिरहेका छन ।
वर्गीय निष्ठा र आदर्श छोडेर
मूल्य मान्यता र पक्षधरता त्यागेर
अनुचित पुजीवादी बजारमा
तिम्रो मृत्युपछिको
सार्थक जीवनलाई खरिदबिक्री गर्न
चोकचोकमा पसल थापेर
यतिबेला
बिक्री हुने सम्मका
शारीरिक बहुमुल्यअभयहरुको
निर्लज्ज व्यापार गरिरहेका छन ।
हो, पृय सेन !
उनीहरुले
तिमी र तिम्रो जीवन मुल्यलाई
पुँजीवादी बजारमा खोलेका
अनगिन्ती खुद्रा पसलहरुवाट
औचित्यहीन विज्ञापनको माध्यमवाट
आर्जन गरेको अनुचित नाफाले
आफ्नो अन्तर्निहित मृत जीवनभित्र
निरर्थक सौन्दर्यता खोजिरहेका छन ।
पृय सेन,
आज तिनले तिम्रो नाममा
केवल नीजि लाभ र नाफाको निम्ति
श्रद्धाञ्जली दिन सक्छन,
तिम्रो सम्झनामा
दुइचार भाषण गर्न सक्छन,
कविता लेख्न र वाचन गर्न सक्छन,
फेसबुकका भित्तामा निबन्ध लेख्न
फोटो र व्यानरमुनि
श्रद्धाका दईचार शब्दहरु
उच्चारण सम्म गर्न सक्छन,
अनि आफुतिर फर्केर
तिम्रो नाममा
दुस्खले दुइथोपा आँसु झार्न सक्छन्
तर पृय सेन !
अब अनिहरु
तिमीले रोजेको बाटो
हिड्न सक्दैनन ।
अब उनीहरू
तिमीले देखेको सपना
पच्छ्याउन सक्दैन ,
र तिमीले खोजेको सत्ता
कब्जा गर्न पनि सक्दैनन् ।
हो, पृय सेन !
तिमीले भनेको सर्वहारा वर्ग
अब उनीहरुसंग छैन
तिमीले गर्न खोजेको वर्गसंघर्ष
अब उनीहरुको दस्तावेजमा छैन
तिमीले भनेको जनयुद्ध,
नयाँ जनवाद र समाजवाद
उनीहरुको संकल्पमा छैन
तिमीले भन्ने गरेको र भनिरहेको
सर्वहारा अधिनायकवाद र साम्यवाद
अब उनीहरुको
मस्तिष्कको कुनै कुनामा पनि छैन ।
छ त अब केवल संकल्पमा पुजिवाद !
अनि प्रयोगमा संसदवाद !
पृय, सेन !
तिमी हिडेको वाटो
लिमिले लिएको लक्ष
र तिमिले बोकेको संकल्प
अब तिम्रो नाम बेचेर
जीवनको गुजारा चलाउँदै आएका
राजनीतिक भिखमङ्गाहरुवाट
किमार्थ संभव छैन ।
हो, पृय सेन !
तिमीले खनेको वाटो हिड्न ,
तिमीले गाएको गीत गाउन
तिमीले फोरेका बाँझो जमिनलाई
उर्भर भुमिमा बदल्न
तिम्ले नर्सरी गरेको बिरुवा रोप्न
गोड्न हुर्काउन र फलाउन
यो सब
जिउँदै मरेका कथित सहयात्रीहरु
अर्थात
निर्जीव जीवनका पारखहरुवाट
अब विल्कुल संभव छैन ।
पृय सेन ,
जीउदा मान्छेहरु आज पनि
तिम्रो कर्तव्यपथमा हिडिरहेका छन
तिम्रो मार्गदर्शनमा लम्किरहेका छन
मान्छेले मान्छेमाथि
अत्याचार गरुन्जेल
अन्याय, शोषण,
असमानता र विभेद थुपारुन्जेल
तिम्रो आदर्शलाई हृदयमा सजाएर
हिडिरहनेछन उनीहरु,
र हिड्नेछन उनीहरू
तिम्रो निष्ठालाई मस्तिष्कमा बोकेर,
तिम्रो वर्गीय पक्षधरतामा
सतिसाल जस्तै अटल भएर
खडा भैरहने छन उनीहरू ।
अर्थात,
तिम्रो सपनालाई
सर्वहारा क्रान्तिको
मुक्तियात्रा सम्झेर
तिम्रो उदेश्यलाई
सर्वहारा क्रान्तिको
मुक्ति मार्ग ठानेर
तिमी हिडेको
स्वतन्त्रताको बाटोवाट
आत्मसम्मान र स्वाभिमानको
जटिल, कठिन तर संभव यात्रा
पार गर्ने अठोट र संकल्प बोकेर
उनिहरु हिडिरहने छन तिमी संगै ।
हो उनीहरु,
हिड्नेछन र अवश्य हिडिरहनेछन
स्वर्णिम क्षितिजतिर फर्केको
नवीन र उज्ज्वल भविष्यको बाटो
युग देखि युग सम्म हिडिरहनेछन,
उनीहरू,
सुदुर क्षितिजको गन्तव्य पथमा
लगातार हिडिरहने छन्
लगातार लम्किरहने छन,
अँध्यारा गाउँ, बस्ति र सुरुङहरुमा
लगातार चम्किरहने छन उनीहरू।
हो, पृय सेन ,
जीवनभित्र मृत्यु रोज्न सक्ने
र मृत्यु भित्र जीवन खोज्न सक्ने
रक्तक्रान्तिका रक्तविजहरु
जीवन अनगिन्ती संकटहरु छिचोल्दै
जगतको फुलवारीमा
क्रान्तिका ज्योर्गाभा बन्नेछन तिमीसंगै
अनि उनीहरू
तिमीसंगै फक्रनेछन
तिमीसंगै फुल्नेछन
तिमीसंगै गाउने छन
तिमीसंगै हास्नेछन
तिमीसंगै नाच्नेछन
अनि
तिमीसंगै हिड्नेछन्
संग संगै हिडिरहने छन
क्रान्ति पथमा सारथीहरु
क्रान्तिका अविरल यात्रीहरु
तिम्रो सपना र संकल्पका सहयात्रीहरु
लक्ष्यको सगरमाथामा
क्रान्ति र विजयको रातो झण्डा फहराउन
विद्रोहको दुन्दुभि बजाउँदै
मुक्त आकासको बाटोमा
तिमी संगसंगै हिड्नेछन उनीहरु
ती, तिम्रा सच्चा सहयात्रीहरु
निरन्तर …. निरन्तर …निरन्तर … ।


