करण दयाल
बेङलोर
रूखको जराबाट फुट्ने पानी भगमान हुने
सुत्केरी महिलालाई अछुत मानेर छुन नहुने
वाउ मेरो देश गणतान्त्रिक कानुन लागू भको
स्वतन्त्रता देश हो महिला भने बन्चित हुने
छोरी मान्छे महिनावारी हुँदा घर प्रवेश छैन
आठदिन सम्म भान्से कोठा जान मिल्दैन
महिनावारी भएको चारदिनमा नुहाउनु मिल्छ
गोरूको गाठमा सुतिन्छ घरभित्र प्रवेश हुदैन ।
महिनावारीमा सफाइ नहुन बिमारी भका छन
चारदिन परिरहने रगतले क्यान्सर पीडित हुन्छन्
गाई गोरूको गोठमा सुतेका बेला सर्पले टोकेर
मरेका महिलाहरू गणना गर्यौं भने धेरै हुन्छन् ।
नव शिशुको जन्महुदा बाईस दिन गोठ धान्नपर्छ
२२ दिन पछि नव शिशु घर भित्र प्रवेश गराउनुपर्छ
२२दिनमा ब्राह्मणले पानीका छिटा मन्तर गरेर
गाइको पिसाब घर छर्केर आमा शिशु चोखिनु पर्छ ।
गाइको पिसाब दिनदिनै आमाले नुहाएर खानुपर्छ
२२ दिन सम्म बच्चा चोख्याउनु यी काम गर्नुपर्छ ।
२२ दिनसम्म गोठबाट बाहिर जाँदा घरआगनमा
ढुङ्गाका फटकेतरमा खुट्टा राखेर बाहिर जानुपर्छ ।
हाम्रो देशमा महिलाका लागि सहुलियत यहि हो
देशका नारीहरूको दुर्गामि जटिल पीडा यही हो।
गणतान्त्रिक देशमा आत्मारक्षाका सवालहरूमा
कसैको ध्यान छैन भनिरहेका छौ सबै सम्मान हो।
छाउपडि प्रथा सबै जाति भेषभुषामा छदैछ
छाउपडि प्रथा अन्त हुनुपर्नेमा टड्कारो हुदैछ।
यो प्रथाले महिलाहरूमा सारै पीडा दायक बोध
भएको छ यो प्रथा झन्पछि झन् हट्नु पर्छ ।
जटिल दुर्गामि समस्याले महिला ओझेलमा छन्
महिलाहरूको एकताले मात्र समाधान हुने छन्।
महिलाहरू सबै तह र तप्काबाट एकताको भाव
पलाउनु जरुरी छ महिलाहरू एकता जरुर हुनेछन् ।

