सर्वहारा सिद्धान्तलाई व्यवहारसँग जोडौं

करण दयाल
सिद्धान्त विचारको अपहेलना भयो
सिद्धान्त विचार आज खिलौना भयो
सिद्धान्त विचार आज हाँसो मस्करिमा
सजिलैसितत बदनाम ठट्टा मजाक भयो ।

मेरो देशले सिद्धान्तलाई अपहेलित गर्यो
मेरो देश सिद्धान्त नामको स्वार्थले भरियो
सिद्धान्त विचार विधि नीति विधान सबै
संरचना समाप्त गरेर व्यक्ति स्वार्थिमा रह्यो ।

माक्र्स लेनिन माओ विचार बदिनाम भयो
मेरो देशमा कम्युनिस्ट बिचार नहुने भयो
माक्र्सवादी सिद्धान्त प्रति पार्टीहरूको ध्यान
गएन व्यीक्तगत स्वार्थमा रहिरहने सिद्धान्त भयो।

कम्युनिस्ट पार्टीमा ब्राह्मणहरूको हुल भर्यो
देशको कम्युनिस्ट आन्दोलन दमनमा पर्यो।
ब्राह्मणबादी मन्तरले कम्युनिस्ट विचारको
अन्त गर्दै सिद्धान्तलाई ओम स्वाहा गर्यो।

ब्राह्मण नभएको पार्टी नेपामा छैन
नेतृत्व कार्यक्षेत्र तिर ब्राह्मण नभै हुदैन
आज कम्युनिस्ट आन्दोलन कम्युनिस्ट रहेन
ब्राह्मणहरूको ओमस्वाहा छ प्रगति भएन।

अध्यात्मिक विचार भका ब्राह्मणहरू नेता
जति प्रगतिशील भएपनि विधिमा पुरातन
त्यसैले कम्युनिस्ट आन्दोलन कमजोर पर्यो
आजको मुल्यांकन छ व्यवहारले पुष्टि भ छन्।

ब्राह्मणहरूमा सर्वहारा विचारको सिद्धान्त हुदैन
वैचारिक विचारका कुरा गर्छन् व्यवहार जाँदैन
खाँटि कम्युनिस्ट सत्ता सिटको लागि बनिरहने
भित्री आत्माले कम्युनिस्ट सिद्धान्तलाई स्वीकार्दै नस्वीकार्ने ।

कविता मार्फत प्रस्तुत गरेका कुराहरू मनन गरौ
व्यवहारिक पक्षलाई सर्वहारा सिद्धान्तमा लैस गरौं
हामी माक्र्सवाद सिद्धान्तलाई हृदयको गहिराइबाट
अध्ययन गरेर जनसमक्ष कार्य तर्जुमा बनाउने गरौं।

सैद्धान्तिक वैचारिक अध्ययन गर्छौं किन दुविधा हो
दुविधामा पर्ने अध्ययन अबुझाईको पराकाष्ठा नै हो
सर्वहारा दृष्टिकोण बाट अध्ययनको गतिलाई तीव्र
र वैचारिक ढंगबाट पार्टी हाँक्न आजको विषय हो।

माथि उठाएका कुराहरूमा चित्त नदुखाउनु होला।
पार्टी सिद्धान्त लाई बलियो कसिलो बनाउनु होला
विश्व कम्युनिस्ट दासतावेज लाई अध्ययन राम्रोसँग
गरियो भने हामी कुनै हालतमा दुबिधामा नपर्ने होला

कम्युनिस्ट पार्टीलाई सर्वहारा सिद्धान्तमा बदेल्ने गरौं।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको झण्डा उच्चा राखौं
रक्त रन्जित रातो झन्डालाई आत्मसात गर्दै सर्वहारा
जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाउँ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित