करण दयाल
गरिबलाई गरिबीले सताएको छ
गरिब अभाव मै रमाइरहेको छ
तर पनि गरिब निस्वार्थ विस्वास
बोध मगन मस्तको कसिएको छ ।
गरिबको उदेश्यअडिग रहेको छ
समस्या बिचिन्तित विस्वासिलो छ
गरिबलाई हरेस खानु र हार्न केही
छैन जित्नु सारा संसार रहेको छ।
गरिबको लडाइँ मुक्तिको लागि हो
गरिबीले गरिबी धान्न नसकेर हो
गरिबीको समस्या समाधानको
लागि गरिब निवारण ल्याउनु नै हो।
गरिबी निवारणको लागि माग्ने हैैन
जनपक्षको अधिकार सजिलो छैन
कठिन संघर्ष नगरी अधिकार प्राप्त
त्यक्ति कै सहुलियत हुन्छ भन्ने छैन ।
गरिबले जि हजुरी होइन संघर्ष गर
संघर्षबाट समस्या समाधान गर
गरिब सर्वहारा जनताको विकल्प
जनताको चेतना चलाख हिम्मत गर ।
मजदुर कृषकहरूको देश हो नेपाल
देशको चारैतिर हरियाली देश नेपाल
लेकबेसि, पहाड ,जडिबुटी ,वनजंगल
लेअमृत छरिएर सुन्दर देश हो नेपाल ।
देशका जनताले गरिबी देखाउने होइन
देश परिवर्तन भएन दुःखेसो पोख्ने होइन
देश परिवर्तन गर्न संघर्षको मैदानमा तयार
रहने हो निराशा कुनै हालतमा गर्ने होइन।
जुन देश गरिब छ जनता गरिब छन्
त्यो देशका जनता गरिबी मारमा छन्
जनता गरिब हुनु देश विकास नभएर
हो देश विकास नहुनु जनता गरिब भइ हो ।
मागेर होइन खोसेर अधिकार लिनुपर्छ
जनताले क्रान्तिको दीप जलाउनुपर्छ
त्यहि दीप ज्वालामुखी तिर ढाल्ने बलियो
जनपक्षीय जनसागरमा परिणत गर्नु पर्छ ।
हाम्रो देश सानो देश सुन्दर परेको देश हो
बन जंगलले अमृत जडिबुटी सहित देश हो
यस्तो सान्दर्भिकता भएको देशलाई गरिब
नाम दिन गलत छ पुर्णता भएको देश हो।

