खबरदार भ्रष्टाचारी

करण दयाल
खबरदार भ्रष्टाचार गर्ने देशद्रोहीहरू
देश भ्रष्टाचारमा डुबाउने कुख्यातहरू
भ्रष्टाचारीहरूको खेदो गर्न क्रान्तिकारी
कम्युनिस्ट पार्टी उदय भो ध्यानमा राखौं ।

जनविस्तार अभियानले बताएको छ
जनविस्तार अभियान देशभरि पुगेको छ
देशको कुनाकब्जा सम्म जनविस्तारले
देशभरिका भ्रष्टहरूको पत्ता लागेको छ।

अब छोडिने छैन भ्रष्टाचार गर्नेहरू लाई
सबै ठाउँमा खोजिने छन भ्रष्टाचारीलाई
अहिले शान्तिपूर्ण ढंगबाट भ्रष्टाचारीहरू
अहिले सहि जवाफ चाहियो देश लाई

क्रान्तिकारी पार्टीले गणना गरेको छ
भ्रष्टाचारीहरूको लिस्ट हात पारेको छ
अहिले भ्रष्टाचार गर्नेहरूले आफै नाम
समेत राखेर जनता समक्ष आउन छ

ईमानदार ढंगबाट भ्रष्टहरू देखिनुपर्छ।
देशमाथि गरेको गद्दारी जनताले हेर्नपर्छ
जनताको जनकार्वाही भ्रष्टाचारका दलाल
का मुखियाहरूले जनकारबाही खेप्नुपर्छ

जनसहयोगमा क्रान्तिकारी पार्टी लागेको छ
जनसागरमा क्रान्तिकारी पार्टी घुलमिल छ
जनताका समस्या समाधानको विषयमा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तयार छ।

क्रान्तिकारी पार्टीले सैद्धान्तिक खबरदारी गर्दै छ
इमानदारीले देशको ढुकुटी फिर्तागर भन्दै छ
नत्र भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले
जनता सामु सार्वजनिक कारबाही गरिने छ।

दलाली संरचनाको अन्त गर्न पार्टी तयार छ
दलालहरू निस्तेज पारेर दलाली खतम पार्छ
दलाल बेवास्तालाई शून्यमा झारेर देशमा
नौलो जनवादी केन्द्रीयता स्वरूपको देश बन्छ ।

अब जनताले भ्रममा नपरौं पार्टीलाई साथ दिउँ।
देशको नागरिकले हातेमालो गरी एकता बद्ध बनौं
देशको नागरिक भ्रामक हुने होइन भ्रम हटाउँ
भ्रम छर्ने दलाल शक्तिको नामोनिशान मिटाउँ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित