काठमाडौं । राम प्रशाद गैरे पाल्पाली निरन्तर क्रियाशील साहित्यकार हुनुहुन्छ । रामप्रसाद गैरे पाल्पाली २०२० चैत्रमा पिता उमाखर गैरे र माता विष्णुमाया गैरेको कोखमा जन्मनुभएको थियो । उहाँको जन्मस्थल पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर ९ हो। उहाँ लामो समयसम्म रोजगारीको सिलसिलामा भारत प्रवासमा रहनुभएको थियो। प्रवासमा रोजगारीको सिलसिलामा छँदादेखि नै उहाँले गजल लेख्ने गर्नुभएको थियो र साहित्यमा अभिरुचि राख्ने गर्नुहुन्थ्यो। सामान्य किसान परिवारमा जन्मेर केही वर्षदेखि उहाँ नेपालमा रहनुभएको छ। उहाँले भारतमा छँदा अखिल भारत नेपाली एकता समाज र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म काम गर्नुभयो ।
अन्याय अत्याचारको रापले देशभित्र र बाहिर त्यति नै पोल्दथ्यो, त्यही पीडाबाट मुक्त हुने चाहना जीवनको उद्देश्य बनाउनुभयो र सामाजिक संगठनमा काम गर्न थाल्नुभयो । सामाजिक संगठनमा काम गर्दागर्दै उहाँले साहित्यलाई पनि आफ्नो जीवनको एउटा पाटो बनाउनुभयो ।
उहाँले “परिवर्तनकाआँकुराहरु” गजल संग्रह सन् २०१५ मा पहिलोपटक प्रकाशन गर्नुभएको थियो। विदेशी भूमिमा भोगेका पीडा पाल्पालीले गजलमा यसरी पोख्नु हुन्छ –
विदेशीको आगनीमा जीवन खेर फाल्नु पर्दा
भक्कानिन्छ मुटु मेरो एक्लै पाइला चाल्नु पर्दा
काखे दुधे नानीहरू गाउँमा छोडी हिँडेको थेँ
गाह्रो भयो बाँच्न मलाई एक्लो चुलो बाल्नु पर्दा
मुटु थाम्न सक्छौ भने खोली दिन्छु बेदना यी
खरानी भै जलेको छु आफै श्रम गाल्नुपर्दा ।
गजलकार रामप्रसाद गैरे पाल्पाली एउटा आशावादी साहित्यकार हुनुहुन्छ। गजल नम्बर १ मा उहाँले त्यस्तै आशाका कुराहरू आफ्ना शब्दहरूमा व्यक्त गर्नु भएको छ ।
गतिशील हुन्छन् परिवर्तनका आँकुराहरु
शिखर छुन्छन् परिवर्तनका आँकुराहरु
प्रकृतिमा आइरहेको समस्याप्रति कवि चिन्तित छन्। त्यसैले लेख्छन् –
मानवीय दुष्टताले दबाइरहेको छ धर्ती
फेरि पनि प्रकृतिले सजाइरहेको छ धर्ती
कवि परिवर्तनमा विश्वाश गर्छन् र लेख्छन्–
झरेर पुरानो नयाँ पात पलाउँछ साथी
आउँछ बिहानी बिरुवा लगाउँछ साथी
अधेरो हुँदैमा केही बेर निराश नहुनु
झर्दछन् तारा र सूर्य उदाउँछ साथी
नियम विज्ञान यही हो चल्ती चलनमा छ
पुरानोबाट सिक्दै नयाँले लेखाउँछ साथी
विश्वास गर युगौंको दासता जन्जिर पनि
उखेल्छ त्यो जरो एकदिन मेटाउँछ साथी ।
यस गजल सँग्रहमा जम्मा ९३ वटा गजलहरु संकलन गरिएको छ । ११२ पृष्ठको यस कृतिलाई सम्पादन र भूमिका लेखिदिने काम रमेश गोठालोले गर्नु भएको छ । मित्रलाल शर्मा,समिर सिंह,पुष्प अधिकारी र कल्पना पौडेल जिज्ञासुले गजल संग्रह प्रकाशनलाई शुभकामना दिएकाछन् । मूल्य भा.रु. १०० रखिएको छ । गजलकार रामप्रसाद गैरे पाल्पालीले आमा विष्णुमाया प्रति यस कृति मार्फत श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । कभर डिजाइन कलात्मक र आकर्षक छ । नेपाली साहित्य भण्डारमा उहाँले थप योगदान गर्दै जानु हुने छ भन्ने आसा गर्न सकिन्छ र

