काठमाडौं । थाईल्याण्ड र क्याम्बोडियाका सेनाबीच सिमानामा गोली हानाहानहुँदा कम्तिमा १२ जना मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
दुई देशबीच १०० वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ।हताहत भएका अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको र थाईल्यान्डका तीन प्रान्तका बासिन्दा भएको थाई सेनाले बताएको छ। थाई सेनाका अनुसार उक्त घटनामा अन्य केही मानिसहरू घाइते भएका छन्। क्याम्बोडियाले आफ्नो तर्फ कोही हताहत भए वा नभएको बताइसकेको छैन। दुई पक्षबीच जुलाई २४ को बिहान गोली हानाहान भएको बताइएको छ। दुवैले अर्को पक्षले पहिला गोली चलाएको आरोप लगाएका छन्। थाईल्यान्डले क्याम्बोडियाले रकेट प्रहार गरेको आरोप लगाउँदै त्यसको जबाफ दिन क्याम्बोडियाली सैन्य स्थलहरूमा हवाई आक्रमण गरिएको जनाएको छ।
थाईल्याण्ड र क्याम्बोडियाका सेनाबीच गोली हानाहान हुँदा १२ जना मृत्यु
Comments

