काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए।परराष्ट्र मन्त्रालयले २०८२ साउन १४ गते विज्ञप्ति निकालेर बैठक सम्पन्न भएको जानकारी दिएको छ ।
बैठकले सीमा विवाद समाधानकोलागि २०१९मा देहेरादुनमा भएको बैठकको निर्णय अनुसार अगाडि बढ्ने कार्यादेश पाएको छ । सीमा विवाद समाधानकालागि सर्भेअधिकारीहरुको बैठक नेपालमा अगष्ट महिनामा बस्ने सहमति भएको छ ।
बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको निरीक्षण र मर्मत सम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ । बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ ।
सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । विवाद समाधान समितिको बैठक लामो समयदेखि बस्न सकेको थिएन । नेपाल भारतको बीचमा सीमा अतिक्रमण ,सीमा स्तम्भ गायब हुने जस्ता समस्याहरु वर्षौंदेखि समाधान हुन सकेको छैन ।
नेपाल भारत सीमा कार्यदलको बैठक सम्पन्न
Comments

