तीन दशकपछि एकता समाजको सहयोगमा घर फर्किदैछन् दिल बहादुर

 

अमृतकुमार केसी
दिल्ली । तीन दशक पछि एकता समाजको सहयोगमा नेपालका धादिङ जिल्लाका दिलबहादुर मगरघर फर्किँदैछन । तीस वर्ष तीन दशक कुनै घरको छानो नत कुनै चिनारको छाँया। नाम बिर्सिने समय न हो त, अनुहार त झन्।तर जीवन कहिले हार्दैन, यदि आशाका केही हातहरू फैलिन्छन्। यिनै हातहरूमध्ये एक थियो अखिल भारत नेपाली एकता समाजको हात।
दिल बहादुर मगर – धादिङ जिल्लाको सानो बस्ती सलाङमा जन्मिएका यी साधारण नेपाली ३० वर्षअघि कामको सिलसिलामा भारत पसेका थिए। तर विडम्बना, उनी एकदिन परिवारबाट सम्पर्कविहीन बने। समयक्रममा उनी मानसिक र शारीरिक रूपमा कमजोर बन्दै गए। यिनै दिल बहादुर, जो अहिले धेरैको आँखाको ओस बनेका छन्,फेरि घर फर्किन लागेका छन्। हराएका थिए, तर भुलिएका थिएनन् भारतको राजस्थानमा एक जना भारतीय परिवारको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएका दिल बहादुर बिरामी भएपछि त्यहाँबाट निकालिए। कुनै कागजात थिएन, कहाँका हो भन्ने कुनै विवरण थिएन। एउटा झोला र चिसिएको शरीर बाहेक उनीसँग केही बाँकी थिएन तर त्यो अवस्था लामो टिकेन। दार्जिलिङकी समाजसेवी ममता प्रधानले उहाँलाई देखेपछि आफ्नै घरमा राखिन्, उपचार गराइन् र अखिल भारत नेपाली एकता समाजलाई जानकारी गराइन्। त्यसपछि समाजले दिल्ली, भिवाडी, अलवर, जयपुर हुँदै उहाँलाई एसएमएस अस्पताल जयपुर सम्म पुर्‍यायो। सम्पूर्ण उपचारको खर्च समाज र सहयोगी मनहरूले जुटाए। जब ३० वर्षपछि छोरा मोहनको फोन आयो,फोन उठाउँदा आवाज चिने कि छैनन्, तर आँखा रसाए। छोरा मोहन बहादुर मगर र खिन बहादुर मगरसँग संवाद भयो। छोरी सरिता थापा मगरको नाम सुनेपछि एकछिन मौन बस्नुभयो। अनि भन्नुभयो “म अझै बाँचेछु रे । २७ जुलाई २०२५ को दिन, आइतबार दिल्लीबाट काठमाडौंको गाडीमा दिल बहादुर मगर आफ्नो घर धादिङको सिद्धलेक गाउँपालिकातर्फ यात्रा सुरु गर्नुभयो। बाबु लाल बहादुर र आमा लिला माया मगरको नाउँ सुन्दै होस् फर्किरहेको थियो, जीवन फर्किरहेको थियो।
जसका हातले आशा बाँचेको हो,ममता प्रधान (दार्जिलिङ(पहिलो उद्धारकर्त्ता,एसएमएसअस्पताल, जयपुर उपचार स्थल यात्रा संयोजन,अखिल भारत नेपाली एकता समाज को समन्वयकर्ता हजारौं सहयोगी दाताहरू साँचो नायकहरू,एक सन्देश कुनै पनि नेपाली कहिल्यै एक्लो छैन ।एकता समाजले फेरि प्रमाणित गर्‍यो जहाँ पनि नेपाली छ, त्यहाँ हामी छौं। जसले मानवता, सहृदयता र अपनत्वको सन्देश दिन्छ।“यो कथा केवल दिल बहादुरको मात्र होइन, हामी सबैको हो जसले घर, परिवार र आफ्नोपनको मूल्य बुझ्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित