रचना, संगीत हरिकला थापा र सुर्य थापा
१.घुम्दै फिर्दै आयो तिज तपाईं हाम्रो माझमा २
यो हाम्रो तिजको ,शुभकामना ५
२.अखिल भारत नेपाली एकता समाज छ २
अब हेर हाम्रो आवाज देशमै फैलिन्छ। ५
३.भारत भरि छरिएका दिदी बहिनी दाजुभाइ –२
संगठनको सदस्यता बन्ने गरौं है।–५
४.भारत भरि घुमि रहछ अहिले हाम्रो एकता –२
अब हेर हाम्रो आवाज कहाँ पुग्नेछ ।–५
५.अहिले हाम्रो एकता देशै भरि फैले छ –२
सामन्त र दलाल सरकार ढाल्नु पर्नेछ ।–५
६.झुट्टो आशा देखाएर किन त्यसै दौडिन्छौँ –२
विचार गर अब फेरि आफै ढल्ने छौँ ।–५
७.दुःखी गरिब जनताको आवाज यहाँ आउनु छ –२
जनताले चाहेको शासन ल्याउनु छ।–५
८.हेर हेर जनता आवाज हाम्रो उठेछ –२
क्रान्तिकारी आवाजले संसार जित्नु छ।–५
९.तारा हाम्रो चम्किलो मुठ्ठी हाम्रो एकता –२
जनताको साथमा हामी अघि बढौंन।–५
१०.जहाँ रहे पनि हामी एकताको छाया छ–२
देशको लागि लड्न हामी तयार हुनु छ।–५
११.देशको लागि रातो झन्डा फर्फराउनु पर्नेछ –२
क्रान्तिकारी युद्धले संसार जित्नुछ।–५
(२)
१२.उठा हे दिदीबहिनी देशका सारा दाजुभाइ
कति सम्म सहि बस्ने अन्यायको जालो लाई ।
१३ं.उठौं उठौं दिदीबहिनी देशका सारा दाजुभार्इ
मोर्चा हामी कसौं अब देश हाँक्न लाई ।
१४.सानो ठुलो हैन यहाँ देशको लागि लड्नलाई
राम्रो काम गरे हुन्छ सबै जनालाई ।
१५.देशै भरि हेरौं भने भ्रष्टाचारी धेरै छन
यीनले गर्दा देशलाई कङ्गाल पार्दैछन्।
१६.केन्द्रदेखि गाउँ सम्म यीनकै ठुलो जालो छ
गरिब दुःखीजनतालाई बुझ्न गार्हो छ ।
१७.ठुला ठुला बजेट आउछन इनकै भुँडी भरिन्छ
भन अब देशको मुहार कहिले फेरिन्छ ।
१८.गाउँ घरको विकास भन्दा विनास धेरै भाको छ
तेसै माथि प्रकृतिले झनै रुवाको छ।
१९.जताततै यस्तै खबर सुन्दा मन रोको छ
जस्तोसुकै भए पनि अघि बढनु छ ।
२०.विकासको कुरा सुन्दा अलिकति ठिकलाग्छ
भ्रष्टाचारी नेता देख्दा सारै पिर लाग्छ
२१.यता सुन उता सुनियो भ्रष्टाचारी कुरै छ
अब हेर हाम्रो देश कहाँ पुग्नेछ
२२.सुनौं सुनौं दिदीबहिनी सुना सुना दाजुभाई
देशको बिकाश गर्ने भए अघि बढौं है ।
२३.युवा जति खाडी मुलुक कोही छैन गाउँ घर
आफ्नै देशमा रोजगारी कहिले हुन्छर ?
२४.दिदीबहिनी दाजुभाइ खाडी मुलुक लहर
बुढा भका वावु आमा रुन्छन धरर ।
२५.कति सधैं अर्कैको देश मात्रै बचाउने
कहिले होर आफ्नै देश फर्की बनाउने
२६.दिदिबहिनी दाजुभार्इविचार अब गरौं है
देश बचाउने बाटो खोजी अघि बढौं है।
२७ .दिदीबहिनी दाजुभाइ अघि अघि वढौं है
देश कता जना लाग्यो बुझने गरौं है ।

