बुद्धिराम गैरे,कौडिन्य
पीडा धेरै हुँदा निरीह जनता, दुःखी असाध्यै भए
हेर्दैनन् लतरा कतै दुखदमा, सारै विलासी रहे
मेरो देश भनेर भित्र मनले, आशा कसरी गरु
चोटै चोट भए असाध्य मनमा,पीडा कसरी सहँु
जस्तो हाल भयो नि सप्तकोशीको,उस्तै छ है गण्डकी
कर्णाली पनि ता रहेन बसमा , बिक्री भयो र बन्दकी?
सारै विह्वलमा छदो लिपुलेक उस्तै लिम्पियाधुरा
धर्तीको अनमोल विरासत यहाँका राख्नै सकेनन् पुरा ।
राज्य मौन भयो सुन्दैन बहिरो,कानै भए ता पनि
सारै मत्त हुँदा कतै मुलुकमा, हेर्दैन आँखा पनि
पोख्ने ठाम भएन है दुःख कतै पोख्दा हुने के छ र ?
जनताका पसिना तथा रगतको ,चासो कँहा हुन्छ र
वर्षा धेर हँुदा र भेल बढदा , लाग्छन् तगारा जहाँ
सुस्ता भेक सबै डुवाइ रहँदा, हेर्दैन कोही तहका
पानी थोर हुदा सिचाई नहुदा, हाकार बढ्दा जहाँका
यस्तो हालतमा किसान कसरी, बाँचेर रम्ने यहाँका ।
सर्दै छन् कसरी सिमा मुलुकका, हेर्दैन कोही कतै
कुर्सी मोह भयो जुन यहाँका उत्पात गर्छन् सधै
यस्तो खेल रहे सुधार नभए ,के नै विकास हुन्छ र?
लागौं है अवता सुधार पथमा बन्ने छ हाम्रो घर ।
इतिः

