महिला उत्पीडनलाई प्रश्रय दिने विधेयक खारेज गर्न क्रान्तिकारी महिला संगठन नेपालको माग

काठमाडौं । महिला उत्पीडनलाई प्रश्रय दिने विधेयक खारेज गर्न क्रान्तिकारी महिला संगठन नेपालले माग गरेको छ । २०८२ ÷०४÷१८ मा क्रान्तिकारी महिला संगठन नेपालकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले एक वक्तव्य जारी गरी बिभेदलाई बढवा दिने उक्त विधेयकलाई खारेज गर्न माग गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “२०८२ श्रावण १६ गते कानुन मन्त्रालयका सचिवको भनाइ उधृत गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित ÷ प्रसारित समाचारले हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । कानुन मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन विधेयकमा बहुबिबाहलाई छुट दिने, बाल बिबाहको उमेर हद र यौन दुव्र्यवहार गर्नेको उमेर अनुसार कार्वाहीको सबालमा तयार गरेको मस्यौदा खेदजनक रहेको छ । बहु बिबाह केवल महिला माथिको हिंसा मात्र हैन । यो सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक दृष्टिकोणले समेत अनुचित र बिभेदकारी उत्पीडक सोच हो ।

नेपाली समाजमा महिला उत्पीडनका विरुद्ध भएका विभिन्न चरणका महिला मुक्ति आन्दोलन, सामाजिक ÷ राजनीतिक आन्दोलनको परिणाम स्वरूप २०७५ भदौ १ देखि लागू गरिएको मुलुकी अपराध संहिता अन्तर्गत बहु बिबाहलाई निषेध गर्ने कानुन बिपरीत अहिले छलफलमा रहेको संशोधन विधेयक पश्चगमनको संकेतका रुपमा हामीले लिएका छौं । एकाध सम्बन्ध र घटनाको हवला दिदै बर्तमान सरकार र कानुन मन्त्रालयद्वारा थालिएको कदम महिला उत्पीडनलाई कायम राख्ने प्रवृति हो ।यसले समाजमा झनै अराजकता र बिभेदलाई बढवा दिने हुनाले कानुन संशोधन तत्काल खारेज गर्न जोडदार माग गर्दछौं । अन्यथा हामी सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुनेछौ । साथै सम्पूर्ण मुक्तिकामी महिला तथा सचेत जनसमुदायलाई प्रतिक्रियावादी सरकार विरुद्ध संघर्षमा उत्रन हार्दिक आह्वान गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित