रिमा देवी भण्डारी प्रति श्रद्धाञ्जली

तुलसीपुर ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका कमिटीले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिकाका नगर कमिटी सदस्य नारायण प्रसाद भण्डारीकी ममतामयी आमा रिमा देवी भण्डारी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका कमिटी सेक्रेटरी मान बहादुर वलीले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

शोक वक्तव्य  यस प्रकार छ :

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिकाका नगर कमिटी सदस्य नारायण प्रसाद भण्डारीकी ममतामयी आमा तथा कविता भण्डारीकी सासू–आमा तथा हेमराज भण्डारीकी आमा तथा राधा भण्डारीकी सासूआमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर, दाङ निवासी रिमा देवी भण्डारी को यही मिति २०८३ कार्तिक ८ गते ७८ वर्षको उमेरमा भएको असामयिक दुःखद निधनले हाम्रो पार्टी तुलसीपुर नगर कमिटीलाई स्तब्ध एवं मर्माहत बनाएको छ। दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोकाकुल परिवारजन तथा आफन्त जनहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित