– श्यामबहादुर वि.क.
मेरो जन्म वि.सं. २०२३ जेष्ठ महिनामा क्याकमी वडा नं. ६ हरिनास गाउँपालिका स्याङ्जा जिल्लामा भएको थियो ।
राजनीतिक संलग्नताको कुरा गर्दा म विद्यार्थी आन्दोलन पन्चायतकालमा २०३४ सालदेखि राजनीतिमा सहभागी भएको हुँ ।
संगठनमा लाग्न मलाई देशको परिस्थितिले नै प्रेरित ग¥यो । नेपालमा गरिबी र शोषित वर्गलाई लक्षित गरी शोषक, समान्तवादी फटाहावादी तत्वहरूले अनेकौं प्रकारले दमनकारी नीति अपनाउने गर्दथे । साथै जातीय शोषण, थिचोमिचो गर्दथे । कम्युनिस्ट विचारधारामा यस्तो हँुदैन । यसैबाट प्रभावित भएको हुँ । म प्रवासमा अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको १९८६ मा हो । मैले त्यही सालमा सदस्यता ग्रहण गरेको थिएँ ।
मेरो विवाह सन् १९९० मा भएको होे । परिवारमा दुईटा छोरा एउटी छोरी छन् । छोराहरू ठुलो छोरा सफ्टवेयर इन्जिनियर हुन् । हाल कम्प्यूटर शिक्षक छ । कान्छो छोरा पनि मास्टर डिग्री गरेको छन् । हाल काठमाडौंमा टिचर छन् । छोरी अहिले ब्याच्लर लेभलमा बुटवलमा पढ्छिन् ।
म अहिले अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्यमा रहेर काम गरेको छु । भारतमा हामीले समाज, संगठनमा रहेर प्रवासी नेपाली दुख, सुखमा सहयोग गर्ने । कम्पनी, मालिक, होटल कोठी चौकीदार अन्य अत्याचारमा परेकालाई न्यायिक हक, अधिकार दिलाउने पहिलो प्राथमिकता हो । साथै चाडपर्वहरूमा सामुदायिक रूपमा कार्यक्रम गर्दछौं । साथै युवा शक्तिलाई सही मार्गदर्शन र अनुशासित, स्वस्थ रहनको लागि भलिवल तथा क्रिकेट म्याच गराइन्छ ।
नेपालीहरूलाई संगठनमा जोडिन सचेत चेतनशील बनाउन एकताको झण्डामुनी गोलबन्द हुन सदस्यता वितरण गर्ने नगर समिति, एरिया समिति गठन, टोल गठन विभिन्न वर्गीय विभाग निर्माण गर्ने काम गरेका छौँ ।
प्रवासी नेपालीहरूको दिन प्रतिदिन जटिल छ । खासगरी भारत नेपाल सन्धि सम्झौता अनुसार त्यो भएको छैन । सरकारी जागिर पाइँदैन । साना साना नानी बाबुहरू पढाइबाट बन्चित छन् । यही को मिसाइल खोज्छ ।
यसको लागि आधारकार्ड, जन्मदर्ता माग्दछ । यसको समाधानको लागि पहल कदमी गर्न आवश्यक छ ।
अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सम्मेलन, क्षेत्रीय सम्मेलन, नगर सम्मेलन गगनभेदी नारा जुलुस कालो प्यान्ट सेतो कमिज मार्चपास साथमा भलिबल मैच, रक्तिम सांस्कृतिकको बिजोड प्रस्तुति ऐतिहासिक रमाइलो पल थियो ।
दुखद घटनाको कुरा गर्दा लेहरगागा पन्जाबमा लाल बहादुर बिकको कुखुरा फार्म हाउसमा कार्यरतलाई पाँच जना देशी मिलेर मारेका थिए । १८ दिनको नारा जुलुस प्रदर्शन गरी हत्यारालाई कारबाही गर्ने काम भयो । दिल्लीमा सुमित्रालाई तीन मनजिलबाट खसालेर मारेको थियो । यो काण्डमा पनि ब्यापक रूपमा जुलुस प्रदर्शन भयो । हिसारमा ८ सालको ममता गिरी बलात्कार गरी हत्या भएको थियो । बिरोध प्रदर्शनमा पहिलो नारा लगाउने काम मबाट भएको थियो । यसको न्याय दिलाउन अदालतमा मुद्दा दायर भएको छ । फैसला भएको छैन ।
नेपालीहरू नेपाल र भारत आवाज जावत गर्दा नेपालीमाथि लुटपाट बढ्दो थियो । यसको विरोधमा प्रशासनलाई ज्ञापनपत्र बुझाउने, नेपालका सबै बोर्डरहरूमा बिरोध प्रदर्शन गरियो । हामीसँगै हातेमालो गरेका नगर सदस्य गुमाउनु पर्दा निकै मर्माहत छौं । १.मन बहादुर नेपाली, २. छबिलाल ज्ञवाली, ३. क्षेत्रीय स्तरका ईश्वरी पान्डे गुमाउनु परेको छ । जिन्दगीमा अनेकौं सघर्ष गरियो । कतिपयले कम्युनिस्टको नाममा र समाजको नाममा मागी खाने भाँडो बनाए । टुट र फुटमा रमाए यो अत्यन्तै दुखदायी हो । जनवादी नीति अनुसार हिडनु अति आवश्यक छ ।यदि भविष्यमा सबै मिलेर काँधमा काँध हातमा हात मिलाएर एकताको गाँठो मजवुत भएमा संगठनको कामलाई निरन्तरता दिन्छु ।
(हालः हिसार, पंजाव, भारत)

