माया रोका
चेन्नै
हाम्रो खुन र पसिनामा गरिराछन् शासन
रेमीट्यान्सको भरमा गर्छन भाषन ।
हाम्रा देशका युवाहरू अरबको खाडीमा
हिड्छन देशका भ्रष्टनेता चिल्ला गाडीमा ।
हुने छैन देशका युवा चुपलागि बसेर
उठ्नु पर्यो युवा जति कम्मर कसेर।
भ्रष्टचारी नेताहरू कुर्ची मात्र हेर्दछन्
कुर्ची पाए नेताहरू देशै बेच्दछन् ।
गठवन्धन सरकारको लडाइ मात्र देखिन्छ
कति वेला नेपालको नामै मेटिन्छ ।
मदेशी र पहाडी नबनाइदेउ हामीलार्इ
सिंगो नेपाल चाइएको छ हामी सबैलार्इ
दिन दिनै देशका युवा विदेशीको गुलामी
गाउमा मान्छे मर्दा छैनन् जानी मलामी ।
हामी सबले सोच्नु पर्छ छाती बनाइ विशाल
उठौ अब जागौ हामी फर्कौ नेपाल ।
यति भन्दै बन्द गर्छु यो मेरो कलम
यो गीतको अन्त्य भयो लाल सलाम ।
Comments

