काठमाडौं । शहिद रामवृक्ष यादव प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२ भदौ १ गते प्रेस वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्यमा भनिइको छ –
“भोलि भदौ २ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) का केन्द्रीय समिति सदस्य कमरेड रामवृक्ष यादवको सहादत भएको दिन हो । पार्टीले २०५१ साल भदौ २ गते आयोजना गरेको नेपाल बन्दको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर आफ्नो निवासमा फर्कने क्रममा बाटो ढुकेर बसेका स्थानीय प्रशासन र कांग्रेसी गुन्डाहरुको मिलेमतोमा कमरेड रामवृक्ष यादवको निर्मम हत्या भएको थियो । ३१ औं स्मृति दिवसको यस अवसरमा हाम्रो पार्टी कमरेड रामवृक्ष यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र नयाँ जनवादी क्रान्तिको खुडकिलो पारगरी वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादमा पुग्ने उहाँको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ”

