व्यवस्था फेर्न लागौं

–मनु वि.क.
वर्ष दिनको तीजमा रमाइलो नि गर्ने हो
दिदी बहिनी सबै मिली नाँच गान गर्ने हो ।

सुन सुन दिदीले, सुन सुन बहिनीले
सुन सुन आमाले,सुन चेलीले ।

चेतनाको गीत गाउँ सबै जना मिलेर
वर्षदिनको सुख दुःख सबै घोलेर ।

वर्षभरि दुःख गरी खान लाउन गाह्रो छ
जीवन धान्न जनतालाई किन साह्रो छ ?

जीवन धान्न गाह्रो भयो विदेश जानु प¥याछ
बुझ दिदी बहिनी सरकार गरिबमारा छ ।

सरकारले गरिबका छोरा छोरी बेच्दैछ
हाकाहाकी मजदुरको पैसा लुट्दैछ ।

जनताका छोराछोरी विदेशको भूमिमा
नेताहरु मस्त लुट्दै घुम्ने कुर्चीमा ।

बा, आमाको बुढेसकालको सहारा गुम्दैछन्
आँसु झार्दै सन्तानको बाटो कुर्दैछन् ।

जीवनभरी दुःख ग¥यो सुख कहिल्यै आएन
जनताले सोचेजस्तो कहिल्यै भएन ।

सुख ल्याउने, फुल्ने,फल्ने जनताको चाहना
बुझदैन सरकारले जनभावना ।

देशैभरि विकृति र विसंगति मौलायो
भ्रष्टाचारी,अत्याचारी शासन फैलियो ।

तिरी कहिल्यै नसकिने मिटरव्याजी पासो छ
मिटरव्याजी कारवाही गर्ने जनचासो छ ।

बैंकको व्याजले जनता हैरान हुँदै गाका छन्
सहकारी ठगी गरी जनता रुवाका छन् ।

सुकुम्बासी,गरिब जनको छैन टेक्ने सहारा
गरिब, दुःखी जनताको मलिन मुहार ।

हुकुम र हैकमले गरिब जनता लुट्दैछन्
नीति र गतिसँगै जनता ठग्दैछन् ।

गरिबमारा नीति छ, गरिबमारा व्यवस्था
यो व्यवस्था फेरे राम्रो बन्छ अवस्था ।

व्यवस्था फेर्न लागौं, हामी सबै जनताले
शोषण विहीन समाजमा, मुक्ति पाउँछन् साराले ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित