लिपुलेकबारे चीन र भारतको सहमति नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप ः क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं । लिपुलेकबारे चीन र भारतको सहमतिलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालको सार्वभौमिकता माथि ठाडो हस्तक्षेप भनेर पार्टीको धारणा स्पष्ट गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले २०८२ भाद्र ४ गते एक प्रेस वक्तव्य जारी गरी पार्टीको धारणा स्पष्ट गर्नु भएको हो । २०२५ अगस्ट १९ मा चिनियाँ विदेश मन्त्री वाङ यीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी यस जयशंकर सित लिपलेकको नाका भएर व्यापार गर्ने सहमति गरेका हुन् । २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका बेला लिपुलेकबाट व्यापार, तिर्थाटन र पर्यटन प्रवद्र्धन गनें भनी सहमति गरेका थिए । वाङ् यी र यस जय शंकरले २०१५ को सोही सहमतिलाई दोहोराएका हुन् । नेपाल सरकार , नेपालका राजनीतिक दलहरुले सुरुदेखि त्यस सहमतिको विरोध गर्दै आएका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाललाई पुरै वेवास्ता गरी नेपाली भूभागबाट व्यापारमार्ग खोल्ने भारत र चीनको यो निर्णय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताप्रतिको ठाडो हस्तक्षेप हो । हाम्रो पार्टी भारत र चीन सरकारको यस प्रकारको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गर्दछ । साथै, यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दवाव दिन हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपालीप्रति हार्दिक आह्वान गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित