महिला हिंसाको श्रृङ्खला (तीज गीत)

 

– कमला खड्का

महिला मुक्ति आन्दोलनको गर्दै जाउँ सामना
यो वर्षको तीजको शुभकामना ।

सयौँ वर्ष पहिला मातृ सत्ता थियो रे
नारीको अधिकार खोस्दै गए रे।

पितृसत्ता आएपछि पशु सरी बनाए
हात र खुट्टा शरीरमा नेल लगाए ।

बोल्न पनि नपाउने रे भन्न पनि नपाइने
नारीलाई पुरुषले दासी बनाए ।

एकै जना पुरुषले धेरै पत्नी राख्दथे
पतिको मृत्युसँगै सती पठाउँथे।

सति जान नमान्नेलाई ढुंगाले थिच्दा थे
जबरजस्ती समाएर जिउँदै जलाउँथे ।

सति प्रथा विरोधमा धेरै नारी उठे छन्
तमोर नदीमा हाम फाले छन्।

सती प्रथा अन्त्य गर्न नारीहरू लागेछन्
योग माया सित धेरै नारी बगे छन्।

उही कोखको छोरा हुन्छ उही कोखको छोरी नि
किन हुन्छ पितृ सोच विभेद गर नि

महिला मुक्ति आन्दोलनले केही अधिकार पाएको
समाजवादी आन्दोलनमा हामी लागेको ।

समाजवादी आन्दोलनमा हामी सबै लाग्नु छ
त्यसैले नि अधिकार हाम्लाई दिनेछ।

महिला मुक्ति आन्दोलन एकजुट भई लड्ने हो।
शोषण मुलुक समाजको अन्त्य गर्ने हो।

पुरुष सरी समान हक अब हामीलाई चाहिन्छ
सबै मिली लड्यौ भने बल्ल पाइन्छ।

महिला पुरुष बराबरी यो सृष्टि चलाउन
महिला पनि सक्दछन् संसार हल्लाउन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित