चेन्नैमा नारीहरूको हरितालिका तीज कार्यक्रम भव्यताका सम्पन्न

चेन्नै ,भारत । अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व ,पश्चिम, उत्तर, दक्षिण नगर समितिको संयुक्त तत्वावधनमा महिलाहरूको महान पर्व हरितालिका तीज महोत्सव २७ अगस्त २०२५ का दिन चेन्नैको टिनगरमा अबस्थित कम्युनिटी हलमा विशाल जनसहभागीतामा सम्पन्न भएको छ। उक्त प्रगतिशील तीज महोत्सवको अध्यक्षता चेन्नै पश्चिम नगर समितिको तर्फबाट माया रोकाले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ सारगर्भित शब्दबाट फुलमाया के.सी. जी ले र संगितबाट रक्तिमका कलाकारहरूले “स्वागत छ हाम्रा पाहुनालार्इ” भन्ने गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजकी केंद्रीय सदस्य दुर्गा सुवेदीले दिप प्रज्वलन गरेर तालिको गड़गड़ाहटमा महिलाहरूको पर्व हरितालिका तीज महोत्सवको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथिले तीजको एक पौराणिक विशेषताका साथै धार्मिक, सामाजिक, साँस्कृतिक र पारंपरिक महत्व रहेको बताउनु भयो। । नेपाली कला संस्कृतिको जगेर्ना गर्नको लागि पनि तीजलाइ प्रगतिशील ढंगबाट मनाउने गरिन्छ। यसै सन्दर्भमा अखिल भारत नेपाली एकता समाजले पनि बर्षीनै तीजलाइ प्रगतिशील ढंगबाट मनाउदै आएको छ भन्नु भयो। साथै तीजको दर खाने नाममा खर्चीलो र भड्कीलो मात्र नभई नारी अस्तित्व नै समाप्त पार्ने खालका छाडा गीत र नृत्य प्रदर्शन गरी सामाजिक संजालमा भाइरल हुने गर्दछन। यो विकृती र विसंगति यदि यहि गतिमा विकसीत हुदै जानेहो भने यसले विकराल रूप लिन सक्छ। तसर्थ हामी र हाम्रा सन्तानमा यसको ग़लत असर पर्न नदिन ती गलत र छाडा संकृतिको विरोध गर्दै प्रगतिशील ढंग बाट तीज मनाउनु पर्छ भन्नु भयो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष नर बहादुर बि क, अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष देव बहादुर लामीछाने, रक्तिम अभियानका वरिष्ठ कलाकार दल बहादुर बि.क, भाईचारा संगठन प्रवासी नेपाली संघ भारतकी सचिवालय सदस्य सिमा न्युरे, महिला अध्यक्ष पद्मा केसी, नेपाली समाज भारत तमिलनाडु पान्डीचेरी राज्य समिति की सदस्य रूपा सुनार, जन सम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिकी साँस्कृतिक सचिव सुमित्रा पराजुली, क्षेत्रीय उपाध्यक्ष गंगाराम शर्मा, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, एकता समाजकी केन्द्रीय सदस्य देवी रिजाल, सुनिता बस्याल, सिता घिमीरे, नर बहादुर बिक, हरि केसी, भुवन सुवेदी, रामकुमार क्षेत्री, रामु नेपाली, मोहराज सुवेदी , क्षेत्रीय महिला विभाग बाट कुमारी रायमाजी रहनु भएको थियो। शुभकामना मन्तव्य पछि विभिन्न घटनाक्रम संग सम्बंधित मौलिकता आधारित नगर समितिका तर्फबाट तीजका गित र नृत्य प्रस्तुत गरेका थिए। बिच बिचमा डेक लगाएर रक्तिमका कलाकारहरूले बरिष्ठ जनवादी गायीका निलिमा पुनका आमाको तीज लगायतका गीतका साथै नेपाली लोक प्रिय गायीका विष्णु माँझीका रचनाहरू पनि प्रस्तुत गरेका थिए। हज़ारौको उपस्थिति रहेको हलमा सबैजना गित र नृत्यले हल जुरूक जुरूक बनाएको थियो । कार्यक्रममा सांस्कृतिक ईन्चार्ज बिक्रम , सह ईन्चार्ज नरू र कलाकारहरूले राम्रो प्रस्तुती गर्नु भएको थियो। स्वयमसेवक ईन्चार्ज उमानन्द पनि राम्रो संग सहयोग गर्नु भएको थियो। हल बुकिंग बिरू नेपाली, कलाकार सहयोग हेम र राजु ले सहयोग गर्नु भएको थियो। कार्यक्रमलाइ आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण न्याय प्रेमी जनसमुदायलाइ अखिल भारत नेपाली एकता समाजले हार्दिक धन्यवाद दिन लदएको छ । कार्यक्रमको संचालन माया हमालले गर्नु भएको थियो । अन्तमा अध्यक्ष बाट कार्यक्रम समापन गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित