आगोको काम

आगोको काम जलाउनु हो जलाउँछ
जले पछि बनाउने कुरा आगोले जान्दैन
आगोले जलाएको खरानी उठाउन
देखाउने छैनन् कसैले दया
खरानीको थुप्रोबाट उठ्न सकिन्छर ?
खरानीको थुप्रो उडाउँदै
बज्रिनसक्छ कसैको बुट ।

खोजेर हेर्दा हराउने छ खरानीको रास
खरानीको रासमा बसेर कसरी हाँस्न सक्लान र जनता
आखिर जनता जनता नै हो
बनाउने जिम्मा वर्षौं सम्म जनताको नै हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित