वंगलादेशमा अमेरिकाको सैन्य अभ्यास

काठमाण्डौ । अमेरिकाले वंगलादेशी सेनासित मिलेर वंगलादेशको चटगाउँमा अहिले टाइगर लाइटनिङ २०२५ नामक सैन्य अभ्यास गरिरहेको छ । प्यासेफिक ऐगल २०२५ नामक सैनिक अभ्यास गरिेसकेको थियो । वंगलादेशमा धेरै सामुद्रिक आँधी आउने भएकोले सामुन्द्रिक आँधीसँग कसरी सुरक्षित रहने भनेर सिकाउनकोलािग प्राकृतिक प्रकोप सामना गर्न यो सैनिक अभ्यास गर्नु परेको हो भनेर बताउने गरेका छन् । वंगलादेशमा अमेरिकी सैनिक अभ्यासको विषयलाई लिएर धेरै संञ्चार माध्यमहरुमा चर्चा हुने गरेको छ । प्राकृतिक प्रकोप विरद्ध जुध्न संयुक्त सैनिक अभ्यास केवल बाहना मात्रै हो । अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीति कार्यान्वयनकालागि यो सैनिक अभ्यास गरिएको हो भन्ने भारतीय संचार माध्यममा लेखक तथा बुद्धिजीविहरुले विश्लेषण गरेका छन् । वंगलादेशको सैन्ट मार्टिन आइसल्याण्डमा सैन्य अखडा राख्न अस्वीकार गरेकाले पूर्व प्रधानमन्त्री शेख हसिनालाई देश छोड्ने वातावरण अमेरिकाले नै बनाएको हो भन्ने भनाई पनि राख्ने गरिन्छ । वंगलादेशमा सैन्य अखडा राखिसकेपछि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव बढाउन सजिलो हुने बताइएको छ ।

२०२५ मे २६ मा प्रकाशित भारतीय पत्रिका “हिन्दुस्तान टाइम्स” ले भारतमा निर्वासित वंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले सामाजिक संजालमा लेखेको कुरालाई उदृत गरेको छ “ वंगलादेशको सेन्ट मार्टिन्स टापुमा अमेरिकाले लिन चाहेको थियो तर मेरो बुबा शेख मुजवर रहमानले त्यो कुरा स्वीकार्नु भएन ।बरु आफ्नो जिन्दगी दिनु भयो मेरो पनि उद्देश्य त्यही हो किन भने सत्तामा बस्नकालागि म देश बेच्ने कुरा कहिल्यै पनि सोच्न सक्दिन्न । ” त्यसरी सेख हसिनाले त्यो टापु अमेरिकालाई दिन नमानेका कारण आफ्नो बुवाको हत्या भएको र आफूले पनि त्यही कारण ले नै सत्ता छोड्नु परेको सामाजिक संजालमा उल्लेख गरेको कुरा हिन्दुस्तान टाइम्समा लेखिएको छ ।

वर्तमान प्रधानमन्त्री मोहम्मद युनुसले अमेरिकासँग राम्रो सम्बन्ध बनाएका छन् । अमेरिकासँग संयुक्त सैन्य अभ्यास गराएका छन् । यसो गरेवापत पैंतिस प्रतिशत वंगलादेशी सामानमा भन्सार शुल्कलाई घटाएर अमेरिकी ट्रम्प प्रशासनले २० प्रतिशतमा झारेको छ ।उता भारतले रुसी कच्चा तेल आयात गरेकाले अमेरिकी प्रशासनले भारतीय सामानलाई ५० प्रतिशत भन्सार शुल्क लगाइदिएको छ ।जानकारहरु यो कुरा बताउँछन् कि एसिया हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य अखडा निर्माण गर्दै गएर चिनियाँ प्रभावलाई कमजोर बनाउँदै लाने रणनीति तय गरेको छ । वंगलादेशमा अमेरिकी सैन्य गतिविधि बढ्दै जानुले भारत र म्यानमार समेत झस्किएका छ्न र चीनियाँहरुको लागि पनि यो निकै चासोको विषय बनेको छ ।

ढाकास्थित अमेरिकी दूतावासले एक्सरसाइज टाइगर लाइटनिङ, एक्सरसाईज टाइगर शार्क २०२५ , एक्सारसाइज प्यासिफिक एंगल ,आरक्यू २१ प्रोग्राम लन्च ,नामक संयुक्त सैन्य अभ्यासहरु गर्ने भनेको छ । दूतावासले त्यस संयुक्त अभ्यासबाट वंगलादेशको सामाुन्द्रिक प्रभुत्वलाई बलियो बनाउने र सीमा सुरक्षा गर्ने ,शान्ति स्थापनाको उद्देश्य पूरा गर्ने कार्य बलियो बनाउने बताएको छ  तर विश्लेकहरुले अमेरिकाले वंगलादेशको सुरक्षाको भन्दा पनि एशिया प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्वादी प्रभाव बढाउने उद्देश्य रहेको भनेर विश्लेषण गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित